फिचर

idonepal video
48

कोरोना ‘फ्रि’ भए चार जिल्ला

प्रदेश टुडेदाङ, २४ असार । ७७ जिल्लामै पुगेको कोरोना क्रमिक रुपमा घट्न थालेको छ । केही समय दैनिक उच्चतहले बढेको कोरोना पछिल्ला दिनमा केही कम हुँदै आएका देखिन्छ । नेपालका ७५ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा…

असार २४, २०७७

idonepal video
27

क्षेत्री नयाँ आइजीपी

प्रदेश टुडे काडमाडौं, २४ असार । नेपाल प्रहरीको नेतृत्व फेरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीको अनिवार्य अवकास भए पछि प्रहरीको नेतृत्वमा शैलेश थापा क्षेत्री आएका हुन् । उनी मंगलबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको…

असार २४, २०७७

idonepal video
30

नदीले बगाउँदा महिलाको मृत्यु

प्रदेश टुडे देउखुरी, २४ असार । दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ५२ वर्षीया वसन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउँदा मृत्यु भएको हो । गिरीको शव ११ किलोमिटर दक्षिणमा वडा नम्बर ३ मा फेला परेको प्रहरीले बताएको छ । गिरी बिहान ४ बजे…

असार २४, २०७७

idonepal video
59

यातायात व्यवसायी मर्कामा

प्रदेश टुडे तुलसीपुर, २४ असार । दाङका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लामो समयदेखिको लकडाउनका कारण प्रत्यक्ष मारमा परेका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा सुचारु गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्लाका यातायात व्यवसायीहरु बीच भएको छलफलमा उनीहरुले निश्चित दूरी कायम गरी लामो तथा…

असार २४, २०७७

idonepal video
34

सिंचाई र कृषि सडकमा ७ करोड खर्च

प्रदेश टुडे सल्यान २४, असार । तरकारी तथा फलफूल र खाद्यान्न उत्पादनमा अब्बल मानिएको सल्यानमा कृषि संरचना निर्माणका कार्यहरु धमाधम रुपमा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमा कृषिजन्य वस्तुको उत्पादनमा बृद्धि तथा सहजरुपमा बजारसम्म पठाउनको लागि कृषि संरचना निर्माणको कार्य धमाधम गरिएको हो । विगतका वर्षजस्तै यस वर्ष पनि…

असार २४, २०७७

idonepal video
34

९० थान डस्टविन वितरण

प्रदेश टुडे देउखुरी, २५ असार । दाङको राप्ती गाउँपालिकामा फोहर व्यवस्थापनका लागि डस्टविन वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ ले वडा क्षेत्रभित्र रहेका पसल, विद्यालय तथा संघ संस्थाहरुलाई ९० थान डस्टविन वितरण गरेको हो । वडाले यस आर्थिक वर्ष ०७६/७७ को वार्षिक कार्यक्रमअन्तर्गत डस्टविन उपलव्ध गराएको हो ।…

असार २४, २०७७

idonepal video
55

५४ प्रतिशत संक्रमित निको

जीतसागर जी.एम. दाङ, २३ असार । कोरोनाको संक्रमण दर बढिरहेको समयमा संक्रमित निको हुने क्रम पनि बढी नै छ । प्रदेश नम्बर ५ मा कुल संक्रमितमध्ये करिब ५४ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएर फर्किएका छन् । आइतबारसम्मको तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमित ३ हजार ८ सय ९४ मध्ये अहिलेसम्म…

असार २३, २०७७

idonepal video
85

किर्ते गरेको आरोपमा सचिवसहित तीन पक्राउ

प्रदेश टुडे दाङ, २३ असार । दाङमा कीर्ते गरेको आरोपमा दुईजना वडा सचिव पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिकाका दुईजना वडा सचिवलाई किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव ५५ वर्षिय धनबहादुर केसी (तत्कालिन अवस्थामा वडा नम्बर १३ का सचिव)…

असार २३, २०७७