Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

कम नभएको भ्रष्टाचार

    माघ १०, २०७६              सम्पादकीय

epradeshtoday

विश्वका विभिन्न मुलकहरूमा भ्रष्टाचारको गति बढ्दो अवस्थाको देखिएको छ । विकसित राष्ट्र होस् या विकासउन्मुख राष्ट्र सबैमा अहिले भ्रष्टाचार चुलिदो अवस्थामा पुगेको छ ।

बिहीबार मात्रै सार्वजनिक भएको एक तथ्याङ्कले विश्वभरीकै विभिन्न देशको सुशासन र भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखाइनुले भ्रष्टाचारको गति बढेको प्रष्ट पारेको छ ।

विश्वको शक्तिशाली राष्ट्र समेतमा बढी भ्रष्टाचार देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचाकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई) २०१९’ले यस्तो देखाएको हो ।

भ्रष्टाचार निवारण सम्बन्धी विश्रूवव्यापी सूचांकमा नेपालको स्थान गत वर्षभन्दा थोरै सुधार सुधारउन्मुख देखिएको छ । त्यसमा पनि राजनीतिक भ्रष्टाचार बढी देखाइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचांक करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई) २०१९मा नेपाल यसपटक ११३औं स्थानमा भने उक्लिएको छ ।

विश्वका ६ संस्थाले गरेको सर्वेक्षणले सार्वजनिक भएको तथ्यांकमा राजनीतिक र नीतिगत भ्रष्टाचार मौलाएको प्रष्ट्याएको छ । भ्रष्टाचारको गतिमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा सूचिकृत भएको छ ।

१ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रूपमा सार्वजनिक गरिएको छ । यो तथ्यांकले विश्वमै भ्रष्टाचार बढ्दो अबस्थामा रहेको देखाएको छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णाङ्क आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया भएको देखाइएको छ । जसको जम्मा ९ अंक रहेकोे छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ ।

५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ । तर विश्वका धेरै राष्ट्रहरू यो अवस्थामा पुगेका छैन । विश्वमा नै भ्रष्टाचार बढ्दो क्रममा रहेको छ । यसको न्यूनीकरणको लागि राजनीतिक भ्रष्टाचार कम कम हुन आवश्यक देखिन्छ ।

नेपालका सार्वजनिक निकायमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेकोे छ । सुशासन कमजोर हुँदा भ्रष्टाचार मौलाउनु र मुलुकको अवस्था चिन्ताजकन हुनु स्वभाविक हो । अब सुशासन बलियो बनाउन लाग्नुपर्छ ।

अनि मात्र भ्रष्टाचार कम गर्ने आधार सिर्जना हुनेछ । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार, व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरूपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी,

राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहदै आउनुले नेपालको भ्रष्टाचार नियन्त्रण र कम हुन नसकेको हो । यसतर्फ पनि सचेत हुन आवश्यक छ । कुराले मात्रै भन्दा पनि कामले सुसाशन कायम गर्न राज्य संयन्त्र लाग्नुपर्छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

सुन्दरता, कला र संस्कृतिको धनी सल्यान

मङि्सर ०९, २०७५

सडकको स्तरोन्ती हुनुपर्छ

पुष ०९, २०७५

विद्यालयमा प्रहरी चौकी

साउन ०३, २०७६

रक्तसञ्चार केन्द्रलाई सहयोग

जेठ १४, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.