Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

ब्यवसायिक किसानका लागि अनुदान माग

    माघ १६, २०७५              प्रदेश टुडे

epradeshtoday

देउखुरी, १६ माघ । ब्यवसायिक बंगुरपालनका लागि स्थानीय सरकारले अनुदान उपलब्ध गराउनुपर्ने तालिममा सहभागी किसानले माग राखेका छन् । तालिममा सिकेर मात्र नहुने भन्दै बंगुरको खोर निर्माणका लागि मनग्य खर्च लाग्ने गरेकोले आधुनिक शैलीमा बंगुरपालन गर्न नसकेको सहभागी कृषक मनिराम थापाले बताए । त्यस्तै अर्का सहभागी रुपा चौधरीले बंगुरका लागि चाहिने दाना उत्पादन स्थानीयस्तरमै गर्नका लागि नगर पालिकाले सहयोग गर्नुपर्ने बताइन् ।
ब्यबसायिक हिसावले बंगुरपालन गर्न नसक्ने किसानलाई राज्यले पहिलो प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने उनीहरुले बताए । तीनदिने ब्यवसायिक बंगुरपालन तालिम मंगलबार लमहीमा सम्पन्न भएको छ । लमही नगरपालिका पशु शाखाको आयोजनामा तीनदिने तालिम शुरु भएको थियो । तालिममा वडा नम्बर १ देखि ९ नम्बर वडासम्मका २७ जनाको सहभागिता रहेको थियो । समापन तालिममा नगरपालिकाका उपप्रमुख देवका बेलवासेले पुरानो संस्कारबाट पालिने पेशालाई अब परिवर्तन गरेर व्यवसायलाई सञ्चालन गर्नुपर्ने बताएका थिइन् । किसानले छोटो समयमा धेरै आयआर्जन गर्ने पाटो अपनाउनु पर्ने बताएकी थिइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र बहादुर डाँगीले उत्पादकमूलक ब्यवसायी बनेर आर्थिक जीवनस्तरलाई बलियो बनाउन किसानलाई डाँगीले आग्रह गरेका छन् । समृद्घ नगरपालिका बनाउन किसानको पनि अहम् भूमिका हुने बताएका थिए । स्थानीय सरकारले गरेको लगानीको भरपुर फाइदा लिन पनि प्रमुख प्रशासकीय अधिकृत डाँगीले आग्रह गरेका छन् । तीन दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पशु शाखा कार्यालय लमहीका निमित्त प्रमुख शिवराज न्यौपाने रहेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

दाङमा स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना

असार ०७, २०७७

घोराही १४ को सार्वजनिक सुनुवाई

चैत ०३, २०७६

बंगलाचुलीमा कांग्रेसको अभियान

कार्तिक १६, २०७७

नसा–नसामा गीत, संगीतः खड्का

भदौ ०९, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.