द्वन्द्वमा मारिएका सेना प्रहरी सहिद घोषणा
माघ १६, २०७५
काठमाडौँ, १६ माघ । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई पनि सहिद घोषणा गरेको छ । मन्त्री परिषद्को बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेका सुरक्षाकर्मीलाई पनि सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई सहिद दिवसको अवसर पारेर सहिद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो । सहिद घोषणा गरिएकामध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४ सय ४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३ सय १८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् । सशस्त्र प्रहरीको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रीपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।