Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

एयरपोर्टमा छिट्टै हवाई इन्धन डिपो

    माघ २४, २०७६              प्रदेश टुडे

epradeshtoday

तुलसीपुर, २४ माघ । दाङ एयरपोर्टमा छिट्टै हवाई इन्धन डिपो स्थापना हुने भएको छ । हवाई सेवालाई सहजता दिन नेपाल आयल निगमले दाङ एयरयोर्टमा इन्धन डिपो स्थापना गर्न लागेको जनाएको छ ।

एयरपोर्ट स्थापना भएरको लामो समयदेखि हवाई सेवा सञ्चालन हुँदै आएको दाङमा इन्धन नहुँदा पटक– पटक समस्या हँुदै आएको छ ।

एयरपोर्टको रनवेय विस्तार भएमा र इन्धन डिपो स्थापना भएमा ठूला जहाज पनि सञ्चालन हुने हुँदा दाङ एयरपोर्टका इन्धन डिपो स्थापनाका लागि आयल निगम प्रतिवद्ध देखिएको छ ।

नेपाल आयल निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दाङको हवाई सेवालाई सहज सञ्चालन गर्न छिट्टै इन्धन डिपो स्थापना गर्न लागिएको बताए । उनले तुलसीपुरको टरिगाउँ एयरपोर्टमा इन्धन डिपोको व्यवस्थापन हुन लागेको बताए ।

उनले तत्काललाई डिपोको पूर्वाधार निर्माण हुँदासम्म ब्राउजर मेसिन र टयाङ्करबाट इन्धनको व्यवस्था गरिने अर्यालले बताए ।

टरिगाउँ एयरपोर्टको स्थलगत अनुगमन गर्दै अध्यक्ष अर्यालले बाउजर मेसिन खरिद प्रक्रियामा गएकाले पहिलो प्राथमिकता दाङको टरिगाउँ एयरपोर्टलाई नै दिने बताए ।

‘बाउजर खरिद प्रक्रियामा गइसकेको छ । आउने वित्तिकै दाङलाई पहिलो प्रथामिकता दिन्छौँ’ अर्यालले भने– ‘बाउजर मेसिन मात्रै भन्दा पनि ठूलै काम हुन्छ ।

तत्कालका लागि भएपनि एक हप्तालाई पुग्ने गरी इन्धन भण्डारणको व्यवस्था गर्छौ ।’ स्थायी इन्धान डिपो र हवाई मैदानको विस्तारका लागि आफूहरू कटिवद्ध रहेको बताउँदै सचिव अर्यालले यसका लागि पटक–पटक छलफल भएको समेत बताए ।

तुलसीपुर उपमहानगर–पालिकाका नगर प्रमुख घनश्याम पाण्डेले टरिगाउँ एयरपोर्टको हवाई मैदानलाई साढे ७ सयबाट बढाएर १२ सय मिटर पु¥याउनका लागि काम अघि बढेको बताउँदै थप १५ सय मिटरका लागि पनि आवश्यक पर्ने जग्गा र आर्थिक सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए ।

‘हवाई मैदनका लागि प्राविधिक सहयोग तपाई गर्नुस्’ नगर प्रमुख पाण्डेले भने– ‘आर्थिक सहयोग गर्न यहाँको नागरिक व्यवसायी निजी क्षेत्र तयार छन् ।’ सहभागिताको लागि पनि तयार छौँ’, उनले भने,

स्तरवृद्धिमा रहेका नेपालका सातवटा विमानस्थलमध्ये तुलसीपुर पनि परेको छ । नगर प्रमुख पाण्डेले इन्धन डिपो स्थापनाको कार्य थालनीसँगै तत्कालका लागि एउटा बाउजर मेसिन र दुईवटा ट्याङ्कर आवश्यक रहेको बताए ।

एयरपोर्टको रनवेय विस्तार भएमा र इन्धन डिपो स्थापना भएमा ठूला जहाज पनि सञ्चालन हुने हुँदा दाङ एयरपोर्टका इन्धन डिपो स्थापनाका लागि आयल निगम प्रतिवद्ध देखिएको छ ।

पूर्वाधार र स्थायी डिपो निर्माण प्रक्रिया पूरा नहुँदासम्मका लागि बाउजर


र टयाङ्करको व्यवस्थान इन्धन आपूर्तिमा सहज हुन्छ । दाङ एयरपोर्ट विस २०११ सालले सञ्चालन हुँदै आएको छ ।

अहिले एयरपोर्टमा नेपाल एयरलाइन्सले दैनिक दुई उडान गरिरहेको छ । पहाडी र पश्चिमका जिल्लाहरूमा केन्द्रित रहेको छ ।

यसैबीच आयल निगमका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूका बीचमा इन्धन डिपोका विषयमा अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरूले हवाई सेवाका लागि यात्रुहरू कम नभएको र रनवेय विस्तार र इन्धन डिपो स्थापना भए अझ बढ्ने र बाहिर जिल्ला गएर हवाई सेवा लिनुपर्ने समस्या हट्ने बताएका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका–१२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगीले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

टीनाको उपचारमा हेलिकप्टर चाटर (भिडियो सहित)

जेठ ११, २०७५

खुुरुरीयामा पशुु स्वास्थ्य शिविर

बैशाख १९, २०७५

सामुदायिक सेवा केन्द्रको शुभकामना आदानप्रदान

बैशाख १०, २०७६

सिकलसेल प्रयोगशाला स्थापना हुँदै

साउन ०६, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2760

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.