Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

सुनिश्चित सहभागिताको खाँचो

    फागुन २६, २०७६         

epradeshtoday

सम्पादकीय

संविधानतः महिलाका अधिकार फराकिला छन् तर व्यवहारिक निकै साँघुरा छन् । समाजमा अहिले पनि लैंगिक विभेद कायमै रहेको छ । आधा आकाश ढाक्ने महिलाले नेपाली श्रम बजारमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालको कुल जनसंख्याको आधाभन्दा महिला रहेको अवस्थामा नेपाली महिला श्रमिकको अवस्था पनि उत्तिकै छ । घर व्यवहारदेखि विकास निर्माणमा महिला सहभागिता देखिन्छ ।

अझ विशेषगरी नेपालका विभिन्न नेतृत्व तहमा महिलाको सहभागिता बढेको छ । संविधानमै महिला सहभागिता अनिवार्य व्यवस्था भएपछि तीनैतहका सरकारमा महिला सहभागिता छ ।

घर व्यवहारमा मात्र सीमित हुनुहुँदैन् भनेर महिलाहरू आफूलाई सक्षम र आत्मनिर्भर बनाउँदै लगेका छन् ।

राष्ट्र निर्माणमा महिला र पुरूष बराबार भन्ने उद्देश्यका साथ महिलाहरू अघि बढिरहेका छन् । महिलाले पनि पुरूष सरह काम गर्न सक्छन् भन्ने विभिन्न उदाहरण भेट्न सकिन्छ ।

राजनीतिक परिवर्तनसँगै महिला अधिकारका कुरा फराकिलो बनेको अवस्थामा अझैपनि उल्लेख्य प्रगति हासिल गर्न भने सकिएको छैन् ।

कानुनमा महिलाअधिकारका कुरा सुरक्षित बनेपनि व्यवहारिक रूपमा कार्यान्वयनमा चुनौती देखिन्छ । महिला श्रमिकका कुरा होस् या महिला हिंसाका कुरा होस् अझैपनि समाजमा समस्याकै रूपमा रहेको छ ।

नीति निर्माण तहमा महिला नेतृत्व पुगेपनि महिलाअधिकार व्यवहारिक रूपमा कार्यान्वयन आउन नसक्नु दुखद् कुरा हो । समाजमा अझैपनि कतिपय ठाउँमा महिला घर बाहिर निस्कनु हुँदैन् भन्ने परम्परावादी सोंच कायमै छ, कतै महिलाले पुरूष सरह काम गर्न सक्दैनन् भन्ने सोंच छ ।

नेतृत्व तहमा पुग्नका लागि महिलाको क्षमताभन्दा पनि चिने जानेकालाई अघि बढाउने परम्परा विभिन्न उदाहरणहरू भेट्न सकिन्छ ।

कतिपय स्वयम् महिला पनि आफूलाई कमजोर सम्झने, क्षमता बढाउन प्रयास नगर्ने लगायतका कारण पनि महिला अधिकारका कुरा कार्यान्वयनमा चुनौती देखिएको छ ।

केही सीमित महिलाको जीवनस्तरमा परिवर्तन आएपनि अझै धेरै महिलाको जीवनस्तर माथि उठ्न सकेको छैन् ।

महिलाका अधिकार व्यवहार तहमा कार्यान्वयन गर्न महिला पनि स्वयम् सक्षम बन्न जरूरी छ । विशेषतः महिला एक्लैले पनि महिलाअधिकारका कुरा सुरक्षित गर्न सक्दैनन्, यसमा पुरूषको पनि साथ पनि महत्वपूर्ण देखिन्छ ।

महिलाले केही गर्न सक्दैनन् भन्ने पुराना सोंचलाई त्यागेर सकारात्मक सोंचलाई आत्मसात् गर्न आवश्यक छ । समृद्धि एक हातले आउँदैन्, दुबै हातको उत्तिकै महत्वपूर्ण साथ रहनुपर्छ ।

महिला र पुरूष बराबरी भन्ने सोंचलाई साहसमा परिवर्तन गर्नुपर्छ । वर्षेनी महिलाअधिकारका पक्षमा हुने विभिन्न बहसले पनि महिलाको अधिकार सुनिश्चित गर्न सक्नुपर्छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

प्रशासन शनिबार पनि खुल्ने

भदौ ०१, २०७५

गुणस्तरीय शिक्षामा सहज पहुँच

चैत २७, २०७५

क्लवलाई सहयोग

कार्तिक ०२, २०७६

गोरखाका अभिभावकसँग अन्तरक्रिया

चैत ०३, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.