महोत्सवका दर्शकलाई टिभी र आईरन उपहार
फागुन ३०, २०७६
प्रदेश टुडे
तुलसीपुर, ३० फागुन ।
तुलसीपुरमा माघ १० देखि २१ सम्म सञ्चालन भएको तुलसीपुर महोत्सव २०७६ का दर्शकले उपहार प्राप्त गरेका छन् ।
टिकट सौजन्य गरेको सिजी फुड्स नेपाल प्रालिले महोत्सवमा बिक्री गरेको टिकटमा लक्की ड्र मार्फत घोषणा गरेको पुरस्कार अनुसार विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।
बिहीबार तुलसीपुर–४ का ज्ञानबहादुर घर्तीलाई ३२ ईन्चको एलईडि टिभी र तुलसीपुर–६ निवासी पार्वती चौधरीलाई ईलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको हो ।
वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको हो । अध्यक्ष रावतले पुरस्कार विजेताहरुलाई बधाई ज्ञापन गरे ।
उनले महोत्सवमा टिकट सौजन्य र पुरस्कार स्थापना गर्ने सिजी फुड्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
अध्यक्ष रावतले महोत्सवमा भएको खर्च र आम्दानीको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कार्यक्रमको सहजीकरण वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।