Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

खाली डाँडामा स्मार्ट कृषि

    बैशाख २३, २०७६              सपना बोहरा

epradeshtoday

घोराही, २१ बैशाख । कृषि गर्ने भन्ने बित्तिकै सिंचाईलाई महङ्खव दिईन्छ । त्यसपछि भूगोल, माटो अनि कृषि बजारीकरण । तर दाङको बंगलाचुली गाउँपालिकामा न सिंचाईको सुविधा छ न सम्म जमिन कृषि गर्नको लागि ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को रिभानको सुख्खा खाली ठाउँमा कृषिको स्मार्ट सपना देखिएको छ । स्थानीयले कृषि व्यवसायीकरण गर्ने योजना बनाएका छन् ।

रिभान गाउँमा बेमौसमी तरकारी र कागती खेती गरेर मनग्य आम्दानी गरेर स्वरोजगार बन्ने योजना छ । यहाँ प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो ।

सुगम क्षेत्र हुँदाहुँदै पहाडी क्षेत्रमा पनि कृषिको सम्भावना हुन सक्छ भनेर त्यो ठाउँ रोजेर कार्यक्रम अघि बढाइएको २ ‘क’का प्रदेश सदस्य तथा मुख्यमन्त्री शंकर पोख्रेलले बताए ।

प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री शंकर पोख्रेलले सिंचाईको सुविधासमेत नभएको खाली डाँडामा स्मार्ट कृषि गाउँ बनाउने सपना देखेका छन् र छनौट पनि गरेका छन् । खोलाको पानीलाई लिफ्ट गरेर स्मार्ट कृषि गाउँ योजना रहेको छ ।

खाली डाँडामा कागती रोपेर कृषि व्यवसायीकरण गर्ने योजना छ उनको । सिंचाईको सुविधा नभएको ठाउँका कसरी कृषि गर्ने भनेर एउटा नमुना बन्ने कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

रिभान गाउँमा बेमौसमी तरकारी र कागती खेती गरेर मनग्य आम्दानी गरेर स्वरोजगार बन्ने योजना छ । यहाँ प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो ।

‘कुनै क्षेत्रमा प्रशस्त सिंचाई भएर सही सदुपयोग भएको छैन्’ बस्नेतले भने ‘सिंचाईको सुविधा नभएको क्षेत्रमा थोपा सिचाईमार्फत पनि कृषि गर्न सकिन्छ ।’ यहि उद्देश्यले यो ठाउँमा हामीले स्मार्ट कृषिको कार्यक्रम लागू गरेका छौँ ।

यो सँगै दाङको छवटा निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बन्ने भएको हो । परम्परागत कृषि उत्पादनलाई गुणात्मक रुपमा बृद्धि गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कृषि क्षेत्रको औद्योगिक, बजारीकरण,

नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरुको आयस्तर बृद्धिको लागि नमुना कृषि गाउँको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए ।

स्मार्ट कृषि गाउँ निर्माण गर्नको लागि पाँचवटा आधारहरु तय गरिएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रममा स्मार्ट जलवायु, स्मार्ट सिंचाई, स्मार्ट पोषक तङ्खव, स्मार्ट प्रविधि र स्मार्ट बजारलाई आधार बनाएको छ ।

केन्द्रका अनुसार निर्वाचन क्षेत्र नम्बर १‘क’ अन्तर्गत गढवा गाउँपालिकाको घुस्रामा तरकारी र बाख्रापालनको लागि स्मार्ट कृषि गाउँ तय भएको छ ।

१ ‘ख’मा लमही नगरपालिकाको हरदवामा कागती र बेमौसमी तरकारी खेतीको लागि स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ । २ ‘क’ मा बंगलाचुली गाउँपालिका वडा नम्बर ६ रिभान टोलमा तरकारी र कागती खेतीको लागि छनौट गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा घोराही उपमहानगरपालिका स्यानी गाउँ घोवघाटमा तरकारी खेतीको लागि छनौट गरिएको छ । क्षेत्र नम्बर ३ ‘क’मा तुलसीपुर उपमहानगरको लुहाडबरामा वसन्ते मकै र तरकारी खेतीको लागि कार्यक्रम सञ्चालन भएको छ ।

३ ‘ख’मा बुढाडावर दुविचौरमा वसन्ते मकै र तरकारीको लागि यो कार्यक्रम सञ्चालन गरिएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रम चार वर्षसम्म सञ्चालन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले बताए । यो कार्यक्रम सञ्चालन गर्नको लागि प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक वर्ष पचास लाख बजेट छुट्याइने उनले बताए ।

कृषि उत्पादनमा बृद्धि गरेर बाँझो जग्गाको प्रयोग र युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्नका लागि प्रदेश सरकारले ८० प्रतिशत अनुदान र कृषकहरुको २० प्रतिसत अनुदानमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

‘कृषि पनि अब स्मार्ट तरिकाले गर्ने र हामी कृषकहरु पनि स्मार्ट हुने हो’ बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का श्याम डाँगीले भने । पुरानो खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेती गरेर स्मार्ट कृषि गाउँ बनाउने योजना छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रोजीलाई

माघ १५, २०७६

सर्वोदय पुस्तकालय तथा बाचनालयको भवन उद्घाटन

साउन २२, २०७७

मन्दिर समितिसँग छलफल

पुष ०१, २०७६

बैंक तीनदिन खुल्ने

जेठ ०२, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.