Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

वन अतिक्रण हटाइयो

    जेठ ०६, २०७७         

epradeshtoday

प्रदेश टुडे
दाङ, ६ जेठ । दाङमा अतिक्रमण गरिएको करिब चार हेक्टर वन क्षेत्र फिर्ता गरिएको छ । डिभिजन वन कार्यालय दाङले आफ्नो क्षेत्रमा अतिक्रमण भएको वन अतिक्रमण हटाइ फिर्ता गरेर संरक्षण गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको जनता सामुदायिक वनमा विगतदेखि अतिक्रमण भएको करिव चार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

केसीले डिभिजन वन कार्यालय दाङ र सवडिभिजन वन कार्यालय तुलसीपुरबाट सोमबार गएको टोलीले करिब चार हेक्टर जग्गामा भएको अतिक्रमण हटाई उक्त जग्गामा एक हजार रनिङ मिटर काडेतारले तारबार गरी वन क्षेत्रको संरक्षण गरिएको बताए ।

जनता सामुदायिक वनका ३÷४ जना उपभोक्ताहरुले खेतीपाती गर्ने उद्देश्यले उक्त वन क्षेत्र अतिक्रमण गरेर प्रयोग गरेको पाइएपछि टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको थियो । उक्त क्षेत्रमा स्थानीयले खेतीपाती शुरु गरिसकेका थिए ।

उक्त वन क्षेत्र कसले अतिक्रमण गरेको ? भन्ने किटानी नभएको तर चार घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनीहरुको यथाशीघ्र पहिचान गरी सामुदायिक वनको स्वीकृत कार्ययोजना

र विधान बमोजिम घटनामा संलग्नहरूलाई कारवाही गरी डिभिजन वन कार्यालयलाई जानकारी गराउन सवडिभिजन प्रमुख तथा समूहका पदाधिकारीहरूलाई निर्देशन दिईएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले बताए ।

दाङमा वन क्षेत्रको अतिक्रमण बढी नै रहेको छ । क्रमिकरुपमा अतिक्रमित वन क्षेत्र खाली गराउँदै जाने योजनासमेत कार्यालय अघि सारेको अधिकृत ज्ञवालीले बताए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

विकासको मुहार फेर्दै दाङको कर्णाली

असार ०१, २०७६

वर्षौपछि गाउँमा सिंचाई कुलो

जेठ २८, २०७७

तुलसीपुरमा तीज कार्यक्रम

साउन २७, २०७६

राप्ती लाइफमा आरडीटी परिक्षण

असार २५, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.