Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

क्रियाशील सदस्यको रिफाइन हुन्छः गिरी

    जेठ ११, २०७५              प्रदेश टुडे

epradeshtoday

घोराही, १० जेठ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको रिफाइन (संशोधन) गर्नुपर्ने बताएका छन् । गाउँ–गाउँमा पार्टीका क्रियाशील सदस्यहरुको सक्रियतालाई मूल्यांकन गरेर क्रियाशील सदस्यताको संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘पार्टीलाई बलियो बनाउनको लागि गाउँस्तरदेखि नै कार्यकर्ताहरु क्रियाशील हुनुपर्छ’ नेपाल दलित संघ जिल्ला कार्यसमितिले आयोजना गरेको समता दिवस कार्यक्रमका प्रमुख अतिथि पूर्व सिंचाई मन्त्री गिरीले भने ‘संगठन विस्तार गर्न र सुदृढ गर्नको लागि क्रियाशील सदस्यहरुलाई नै रिफाइन गर्नुपर्छ कि ?’ नेपाली काँग्रेसको नेतृत्वमा नै संविधान निर्माण भएकाले अब कार्यकर्ताहरु बस्ती–बस्तीमा पुगेर उनीहरुलाई संविधान बारेमा बुझाउनुपर्ने बताए ।
बाम एकता भएसँगै नेपाली काँग्रेस झनै बलियो भएकाले सबै कार्यकर्ताहरु एक भएर लाग्नुपर्ने बताएका थिए । काँग्रेसमा आवद्ध भएका दलित समुदायहरु सबै क्षेत्रमा सक्रिय भूमिका देखिएको बताएका थिए । नाम मात्रै दलित भएपनि राजनीतिक, सामाजिक, शिक्षा क्षेत्रमा अन्य सरह नै भूमिका रहेको बताए । नेपाली काँग्रेसका नेता तथा निवर्तमान सदस्य राजु खनालले दलित संघको क्रियाशीलता बढाउनको लागि नेपाली काँग्रेसले अझै भूमिका खेल्नु पर्ने बताएका थिए ।
नेपाली काँग्रेसले दलित समुदायको लागि संविधान निर्माण, दलित आयोगदेखि कानुनी कारवाही निर्माणको लागि उल्लेखनीय भूमिका खेले पनि जनताहरुलाई बुझाउन नसकेको बताए । नेपाली काँग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्काले सामाजिक तथा राजनीतिक क्षेत्रमा दलित समुदायमा धेरै परिवर्तन भएको बताएका थिए । दलित हुँ भने कमजोर मनोभाव हटाएर व्यवहारिक रुपमा लैजानको लागि सबैले सशक्त भूमिका खेल्नुपर्ने बताएका थिए । पार्टीभित्र कार्यकर्ताहरुले आफ्नो पदको जिम्मेवारी लिन नसकेको बताएका थिए । पार्टीका कार्याकर्तादेखि, क्रियाशील सदस्य, भातृ संगठनहरुले बैठक तथा अन्य कार्यक्रमहरु गर्न नसकेको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसबाट प्रदेश सभामा उम्मेदवार उठेका भरतबहादुर न्यौपाने, कमल किशोर घिमिरे, महाधिवेशन प्रतिनिधि शंकर गिरी, दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मा, महासमिति सदस्य चेतबहादुर शेपाईली, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदी, क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य यज्ञनारायण आचार्य, दलित संघका निर्वतमान जिल्ला संयोजक खेमराज विक, दलित संघ क्षेत्र नम्बर ३ का अध्यक्ष शरद विक, क्षेत्र नम्बर २ का अध्यक्ष छविलाल सुनार, क्षेत्र नम्बर ५ का अध्यक्ष धु्रव विकलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मसेर नेपालीले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

अपाङ्गलाई अवरोध हैन अवसर

फागुन २२, २०७५

एपेन्डिसाईटिसका बिरामीले भरिदै राप्ती लाईफ केयर

पुष ११, २०७६

सरोकारवालाको धारणामा शिक्षा र स्वास्थ्य बजेट

जेठ २८, २०७६

वाल निर्माणको काम सुरू

पुष १७, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.