Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

मध्यरातमा लिइयो स्वास्थ्यकर्मीको स्वाव

    जेठ १३, २०७७         

epradeshtoday

प्रदेश टुडे
दाङ, १३ जेठ । घोराही उपमहानगरपालिका–३ मा रहेको कुइरेपानी क्वारेन्टाइनमा १८ दिनदेखि काममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मध्यरातमा स्वाव संकलन गरिएको छ ।

संक्रमित भेटिएका दाङको कुइरेपानी क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आइतबार मध्यरातमा स्वाव संकलन गरिएको हो ।

क्वारेन्टाइनमा चरम लापरबाही भएको र संक्रमित भेटिएको पाँच दिनसम्म स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव परिक्षण नभएको समाचार प्रकाशन भएपछि आइतबार मध्यरातमा उनीहरूको स्वाव संकलन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका सातजना स्वास्थयकर्मी र पाँचजना सुरक्षाकर्मीको राति स्वावको नमुना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको घोराही उपमहानगरपालिकाका कोरोना फोकलपर्सन जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले बताए ।

उनले उनीहरूसँग अन्य ८० जनाको समेत सोमबार बिहान ३ बजेसम्म स्वाव संकलन गरिएको बताए । राति १० बजेदेखि स्वाव संकलन सुरू गरिएको थियो । स्वाव परिक्षणका लागि राप्ती स्वास्थ्य विान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

दाङको घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको घोराही– ३ मा रहेका कुइरेपानी क्वारेन्टाइनमा रहेका नागरिक र स्वास्थ्यकर्मीहरूले सामान्य सुरक्षा सामग्रीसमेत पाउन सकेका छैनन् । यो क्वारेन्टाइनमा रहेका एकजना पुरूषमा कोरोना संक्रमण देखिएको थियो ।

घोराही उपमहानगरपालिका–३ का ती पुरूषलाई कोरोना पोजेटिभ भेटिएको भए पनि त्यहाँ रहने अरूको बारेमा भने स्थानीय सरकारले लापरबाही गरेको देखिएपछि त्यो विषय सार्वजनिक भएको हो ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

घोराही–स्वर्गद्वारी केबुलकार सञ्चालनको तयारी

चैत १६, २०७५

गौतमको कृति विमोचन एवं समीक्षा

भदौ २८, २०७६

पर्यटन र विकासको लागि केवुलकार

साउन १२, २०७६

अपांगता समावेशी जोखीम न्यूनीकरण कार्यक्रम

फागुन ०१, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2761

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.