Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

लगातार हारिरहे …

    जेठ १७, २०७७         

epradeshtoday

तिम्रो साँच्चिकै माया लागेर आयो सपना ।
म लाजले भुतुक्कै भए ।
कताकता नरमाईलो लागिरहेको थियो । अहिले आएर उसलाई माया लाग्नु पनि स्वभाविक नै थियो । किनकी म लगातार पाँचपटक लुडोमा हारेकी थिए ।

शुरूमा म रमाईलोको लागि अनि टाइम पासको लागि मात्र लुडो खेल्थे । ऊसँग लुडो खेलेपछि नै मलाई खेल र वास्तविक जिन्दगीको खेलको अर्थ उस्तै– उस्तै लाग्न थालेको हो । लुडोको टोकन जस्तै ।


लुडो जितेकोमा निकै दम्भ देखाउने उसले तेस्रो पटकमा यो वाक्य भनेको थियो । त्यो पनि गेमको अन्तिम–अन्तिम चरणमा । म केही जवाफ फर्काइन् । म फेरी हारे । परिचित तर बोलचाल थिएन । कुरा हुनुपूर्व नै लुडो खेल्नको लागि इन्भाइट गरेको थियो । सामान्य चिनजान थियो नै । पाँच–पाँच पटक लुडोमा उपविजेता हुनु सामान्य कुरा थिएन मेरो लागि ।

‘मलाई हराउने सपना नदेखे हुन्छ, नो चान्स, नेभर’ भन्दै उसले बडो फूर्तिका साथ जित्यो । म निरीहजस्ती भए । तर लगातार हारिरहे । भाग्य पनि कस्तो ? म अरूलाई प्रायजसो जित्थे ।

तर उसले लगातार जितिरह्यो । ६ नम्बरको अंक आउँदै आउँदैनथ्यो, मुस्किलले ५ आउँथ्यो । प्राय १ र ३ मात्र आएको देखेर म आफै दंग पर्थे । उसले तेस्रो पटक गेम खेल्नको लागि इन्भाईट गर्दा एक मनले सोच्यों ह्या यो सँग खेल्दैन । म ज्वाइन पनि भएन ।

‘हारेर भागेको, मैले पहिले नै भनेको थिए नि मलाई हराउने सपना नदेखे हुन्छ, नेभर भन्दै’ फेरी च्यालेन्ज ग¥यो ।

‘खेलुम फेरि’ मैले म्यासेज सेन्ट गरे ।
‘इन्भाइट मि’ उसको रिप्लाई थियो । ‘नेभर’ लेखेर म्यासेज सेन्ट गरे ।

‘ओके छ त’ भन्दै इन्भाइट ग¥यो । म जित्ने झिनो आसाका साथ ज्वाइन भए । मानौं म ठूलो युद्धमा होमिदै थिए र जित्नै पर्छ भन्ने अठोट थियो । सुरूमै उसको पुनः ६ अंक आयो ।

मेरो धेरै प्रयासपछि ६ आयो । उसको ३ टोकन बोर्डमा पुगिसक्दा मेरो एउटा टोकन बल्ल–बल्ल पुग्यो । यो पटक भने लास्ट–लास्टमा मलाई जिताउनको लागि उसले गलत टोकन प्रयोग ग¥यो तर पनि मैले फेरी हारे ।

‘हाहा कंग्रयाचुलेसन्स टु मि’ भन्दै म्यासेज लेख्यो ।
‘खेलुम फेरी’ मैले मेसेज गरे । ‘हारेर पनि’ उसको रिप्लाई थियो ।

‘उम्, इन्भाईट मि’ मैले म्योसेज सेन्ट गरे । लास्ट पटक कोसिस गर्छु, हारे भने फेसबुकबाटै ब्लक गर्ने सोंच बनाए । यो चौथो पटक थियो । यो पटक भने सुरूमै मैले एउटा टोकन बोर्डमा पास गराए । कता–कता आशा पलायो । फेरि अर्को टोकन बोर्डको संघारमै पुग्याथ्यो ।

फेरी जहाँको तही भयो । उसले तीनवटा टोकन बोर्डमा पास गराइसकेको समयमा मैले दुईवटा टोकन बोर्डमा पास गराईसकेको थिए । यो पटक भने उसको केही फूर्ति थिएन्, न कुनै च्यालेन्ज ।
त्यसपछि उसले नै गलत टोकन प्रयोग गरेर मलाई जिताउने कोसिस ग¥यो ।

‘मलाई हराउने सपना नदेखे हुन्छ, नो चान्स, नेभर’ भन्दै उसले बडो फूर्तिका साथ जित्यो । म निरीहजस्ती भए । तर लगातार हारिरहे । भाग्य पनि कस्तो ? म अरूलाई प्रायजसो जित्थे । तर उसले लगातार जितिरह्यो ।


मैले राम्रोसँग थाहा पाउँथे उसले गलत टोकन प्रयोग गरेको । तर उसले जितेर पनि हा¥यो । मैले जितेर पनि हारेको महसुस हुन्थ्यो । लकडाउनको लगभग दुई महिना पुग्दैछ । कामको त्यति लोड छैन् । पत्रिकाको कामबाहेक म हिजोआज लुडो खेल्न थालेको छु । केही काम नपाएकोले मात्रै लुडो खेल्छन् भन्ने एक किसिमको धारणा थियो । खेलको आफ्नै महत्व र अर्थ हुँदो रहेछ ।

‘तिम्ले जानी–जानी गलत टोकन प्रयोग ग¥यौं है, मलाई जिताउन ?’ मैले म्यासेज सेन्ट गरे । ‘होइन्, तिम्ले साँच्चिकै जितेकी हौं’ उसले झुट बोल्यो । शुरूमा म रमाईलोको लागि अनि टाइम पासको लागि मात्र लुडो खेल्थे । ऊसँग लुडो खेलेपछि नै मलाई खेल र वास्तविक जिन्दगीको खेलको अर्थ उस्तै–उस्तै लाग्न थालेको हो । लुडोको टोकन जस्तै ।

मेरो लुडो खेल्ने साथीहरू धेरै भइसकेका छन् । पहिले जस्तो दिनहुँ भेट हुँदैन् । आजकाल सबैजनासँग लुडोमा भेट हुन्छ । प्रायः लुडो नै खेल्छौं । केही ऊ जस्तै आफू हारेर पनि जिताउन कोसिस गर्छन् । कोही मलाई हराउनकै लागि पछि पर्छन् ।

कोही मलाई जिताउनको लागि अप्रत्यक्ष साथ दिइरहेको हुन्छन् । एकपटक मलाई एकराज दाइले ग्रुपमा नै ज्वाइन गर्नुभयो । सबैजना एकसे एक खेलाडी ।

मलाई पनि खुब रमाईलो लागिरहेको थियो । त्यो गु्रपमा प्रतिद्वन्द्वीको टोकन खुब काटिरहेका हुन्थे । लगभग आधा घण्टासम्म कडा प्रतिस्पर्धा चल्ने । मलाई पनि अर्काको टोकन काट्न खुब रमाइलो लाग्यो । यतिसम्म कि म कसरी सेभ हुने ? भन्ने नै बिर्सिसके छु ।

अरूले आफू सेफ भएर मात्र अरूको टोकन काट्थे, म भने मेरो सबै टोकन लुडोको बोर्डमै यूटर्न हुँदासम्म पनि अरूको टोकन काट्नमा लागे । खेल हो कहिले जितिन्थ्यो ।

कहिले हारिन्थ्यो । त्यस्तै एउटा साथी थियो । जो मसँग लगातार हारिरहन्थ्यो । तर पनि खेल्न छोड्दैनथ्यो  । मलाई पनि रमाईलो लाग्थ्यो । उसले जित्नै लाग्दा पनि हाथ्र्याे । यतिकैमा खेल्नेक्रममा उसले सोध्योः

तिम्रो राशि भन त ?
किन ? मैले सोधे

भनन्, एकछिन काम छ । उसले जिद्दी गरेपछि मेरो राशि दिए । एकछिन उसको म्यासेज आयो । म्यासेजमा यस्तो लेखिएको थियो– ‘तपाईहरू दुबै राशिबीच दिर्घकालीन सम्बन्ध कायम गर्न ग्राहो हुनेछ । आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउने सम्भावना हुन्छ ।’

म्यासेज पढिसकेपछि आश्चर्य हुँदै मैले म्यासेज गरे के हो ?
‘तिम्रो र मेरो राशि मिलाउँदा हाम्रो पात्रोमो राशिफल एप्समा यस्तो देखाउँछ’ उसको जवाफ थियो । तर पनि हामी फुर्सदको समयमा खेल्छौं । त्यस्तै मैले एकजना साथीलाई पनि लुडो खेल्न सिकाए ।

शुरूमा मैले एकै पटक जितेको थिए । केही रमाइलो भएन् । त्यसपछि म जानी–जानी गलत टोकन प्रयोग गरेर हारिदिन्थे । ऊ अहिले प्रफेक्छ भईसके । मैले नै उसलाई लुडो खेल्न सिकाएको हँु ।

अहिले उसलाई जित्न हम्मे–हम्मे पर्छ । लकडाउनको समयमा पनि यो लुडो खेलले पनि झनै आत्मीयता बढाएको छ । अनि लकडाउनको नियमको पनि पालना भएको छ । यहाँ लुडे खेल्ने साथीहरूको नाम त लेखिन् । तर सबैजना लुडोमा नै भेट होला ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

कालापानीमा सशस्त्र प्रहरी

जेठ ०१, २०७७

दाङमा शुक्रबार ७५ मा कोरोना

असार १३, २०७७

अदालतमा महिलाका मुद्दा बढी

पुष ०६, २०७५

परिचयात्मक कार्यक्रम

भदौ १४, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2761

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.