Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

चमेरे गुफामा आन्तरिक पर्यटकको घुँइचो

    असार २२, २०७६              प्रदेश टुडे

epradeshtoday

तुलसीपुर, २० असार । एसियाकै ठूलो गुफाको रुपमा रहेको दाङको चमेरे गुफामा अहिले आन्तरिक पर्यटकको घुँइचो छ । ऐतिहासिक तथा पुरातात्विक इतिहास बोकेको चमेरे गुफामा आन्तरिक पर्यटकहरुको चहलपहल बढेसँगै गुफाको महत्व पनि पर्यटकहरुमा सबै सामु पुग्न थालेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हलवारमा रहेको चमेरे गुफामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको केन्द्र बनेको छ । गुफा पत्ता लागेको झण्डै २५ वर्ष पछिबाट आन्तरिक पर्यटकहरुको केन्द्रमा गुफा परेको गुफा संरक्षण समितिका सदस्य शिवलाल पुनले बताए ।

पहिला हामीले प्रचार गर्दा कसैले विश्वास नै मानेन, उनले भने, अहिले भने जिल्लाका धेरै ब्यक्तिहरु गुफाको दर्शन गर्न र घुम्न आउँछन् । बिदाको दिनमा दैनिक दुई सय जनासम्म र अन्य दिनमा २५–३० जना आन्तरिक पर्यटकहरु गुफा हेर्न आउने गरेको पुनले बताए । सार्वजनिक बिदा र शनिबारका लागि अलि बढी मान्छे आउँछन्, उनले भने, अन्य दिन केही कम हुन्छन् ।

विशेषगरेर दाङ, सल्यान, रुकुम, बाँके, रुपन्देही, गुल्मी लगायतका जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु गुफा हेर्न आउने गरेको उनले बताए । विद्यार्थीहरुको अध्ययन थलोको रुपमा समेत गुफा रहेको पुनले बताए । जिल्लामा प्रायः सबै विद्यालयका विद्यार्थीहरु गुफामा पुग्ने गरेका छन् ।

एक ब्यक्तिको २० रुपैयाँ टिकट दर तोकिएको हँुदा गुफा संरक्षणका लागि पर्यटकबाट राम्रो आम्दानीसमेत हुने गरेको पुनले बताए । गुफा हेर्न पहिलो पटक आएको र अत्यन्त राम्रो लागेको चमेरे गुफामा भेटिएकी आन्तरिक पर्यटक अस्मिता चौधरीले बताईन् ।

उनले घुम्न आउने योजना हुँदा दाङमा यस्तो प्रकृतिको गुफा होला भन्ने नसोचेको र देखेपछि अत्यन्त राम्रो र रमणीय गुफा भेटेको बताइन् । साथीहरुसँग घुम्न आएका छाँै, उनले भनिन्, अब यसको प्रचार प्रसार गर्ने सके राम्रो हुने थियो ।

स्थानीय पर्यटक तीर्थबहादुर डाँगीले चमेरे गुफा आर्थिक विकासको आधार भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले राज्यले बेवास्ता गर्दा चर्चामा आउन नसकेको भन्दै पर्यटकीय केन्द्र बनाउन सबैको प्रयास हुनुपर्ने बताए । चमेराको बासस्थान भएको र गुफाभित्र विभिन्न आकृति देखिने हुँदा गुफा कलात्मक छ । तर पनि यसको प्रचारप्रसार र संरक्षण नहुँदा पर्यटकीय स्थलको रुपमा विकास हुन अझै पनि सकेको छैन ।

चमेराको आकर्षक बसोवासको केन्द्र रहेको गुफा प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा रहेको भए पछिल्लो समय स्थानीय पर्यटकहरुको रोजाइमा परेको छ ।

२०५० सालमा भेटिएको चमेरे गुफा चार तलामा रहेको छ । गुफाका सबै तह र तलामा सहजै रुपमा जान सकिन्छ । चमेराको आकर्षक बसोवासको केन्द्र रहेको गुफा प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा रहेको भए पछिल्लो समय स्थानीय पर्यटकहरुको रोजाइमा परेको छ ।

पौराणिक महत्व बोकेको हुँदा यो ऐतिहासिक गुफा मान्न सकिने स्थानीयहरुको भनाई छ । स्थानीय सिताराम पुनले गुफा ४ तलामा रहेको, एक तलाबाट अर्को तलामा पुग्न भ¥याङको सहायता लिनुपर्ने र सबै तलाहरुमा सयौँको संख्यामा मानिसहरु बस्न सक्ने स्थान गुफाभित्र रहको बताए ।

गुफा ३० मीटर उचाई, लम्बाई १६ मिटर र चौडाई ७ मिटर रहेको छ भने ४ वटा तला रहेको छ । सबै तलाहरुमा मान्छे जान र बस्न सक्ने छ । गुफाको तल्लो तलामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ भने अन्य तलामा सयको संख्यामा रहन सक्छ स्थानीयहरुको भनाई छ ।

प्रचार प्रसार तथा संरक्षण र विकासमा राज्यले चासो नदेखाउँदा पर्यटकीय सम्भावना बोकेको गुफा ओझलमै रहेको स्थानीयहरुको गुनासो छ । पहिचान भएको लामो समयसम्ममा पनि गुफाको संरक्षण र विकासको लागि राज्यले चासो कम मात्रै देखिएको छ ।

स्थानीय राम बहादुर घर्तीले गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन नसकिएको बताए । उनले गुफामा एक हजार बर्ष पुराना अभिलेखहरु फेला परेको बताए । गुफाभित्र परापूर्वकालका विभिन्न आकृति र स्तुपहरु रहेको जानकारी दिए ।

गुफाको आन्तरिक भागमा झण्डै २ सय मिटरको सुरुङ भएको र सुरुङको आन्तरिक भागमा प्राचिन कालका विभिन्न ऐतिहासिक चिन्हहरु रहेको छ । गुफामा विभिन्न भगवानका मूर्तिका आकृति, जनवारका आकृति, भेषभूषाका आकृति र विभिन्न अभिलेख रहेका छन् ।

२५ वर्ष अगाडि स्थानीयबासीहरुको सक्रियतामा पहिलो पटक गुफाको चिनारी गरिएको थियो । चिनारीसँगै २०५७ साल माघ १० गते तत्कालिन हलवार गाविसका केही मुख्य ब्यक्तिहरुले गुफाको उद्घाटन गरि आन्तरीक पर्यटकहरुको लागि गुफा अवलोकन ब्यवस्था मिलाएका थिए । तर राज्यले यो विषयमा चासो नदिएकाले ओझेलको आझेलमै रहेको स्थानीयको गुनासो छ ।

समुद्र सतहदेखि १२३० मिटरको उचाईमा रहेको चमेरे गुफा ऐतिहासिक, धार्मिक महत्व बोकेको स्थानीयबासीहरुको दाबी छ । यो गुफालाई प्रचारप्रसारमा ल्याएर विश्वमै चिनाएमा एउटा महत्वपूर्ण ऐतिहासिक पर्यटकीय स्थल बन्न सक्ने निश्चित छ ।

पर्यटकीय स्थल बनेमा क्षेत्रको जिल्लाको र समग्र देशकै विकास हुने पक्का छ । देशकै ठूलो र एशियाकै दोस्रो ठूलो गुफाको विकासका लागि राज्य उदासिन देखिएको गुफा हेर्न गएका रुपन्देहीका ढुण्डीराज अर्यालले बताए ।

यसलाई विकास र संरक्षण गर्न सके आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र हुने उनले बताए । यसलाई राज्यले पर्यटकीय स्थलको रुपमा विकास गरे देशकै आर्थिक तथा पर्यटकीय विकास हुनसक्छ उनले भने, यसलाई विकास र प्रचार गर्नसके विदेशी पर्यटकहरुको अवलोकनको क्षेत्र बन्ने पक्का छ ।

राज्यले प्रचारप्रसारको तथा संरक्षणको लागि पहल नगरे पनि स्थानीयले प्रचारका लागि गरेको प्रयासले पछिल्लो समयमा केही आन्तरिक पर्यटकहरु बढिरहेको गुफाका चौकीदार सिताराम पुनले बताए । गुफा संरक्षण समितिले र स्थानीयले प्रचार प्रसारमा केही पहल गरे पनि अहिले चमेरे गुफामा हेर्ने आन्तरिक पर्यटकहरु बढेको उनको भनाई छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

अश्वारामा तुलसीपुरको धान महोत्सव

असार १६, २०७७

मोटरसाईकल र्‍याली हुने

मङि्सर १०, २०७७

शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन

साउन ३०, २०७७

साढे आठ हजार वृक्षारोपण

असार २३, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.