Sunday, March 24, 2024
Homeफिचरशैक्षिक सुधारको वर्ष

शैक्षिक सुधारको वर्ष

- Advertisement -spot_img

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा श्री गोरक्ष रत्ननाथ मावि घोराही–१७ चौघेरा, दाङका प्रधानाध्यापक सेमलाल मल्ल सँग गरिएको कुराकानीको सारसंक्षेप ।

विद्यार्थीहरुले पुस्तक पाए ?

केही दिन पहिले नै सबै विद्यार्थीहरुको लागि पुस्तक ल्याईसकेको छु । विद्यार्थी भर्ना अभियान जारी नै छ । अझै विद्यार्थीहरु विद्यालयमा भर्ना हुन आउने क्रम चलिरहेको छ । बाँकी पुस्तकहरु पनि ल्याउने योजना छ ।
धेरैजसो विद्यार्थीहरुले पुस्तक पाईसकेका छन् । कुनै–कुनै विषयका पाठ्यपुस्तकहरु अपुग छन् । त्यसको हामीले माग गरेका छाँै । बैशाख मसान्तसम्म सबै विद्यार्थीहरुलाई पुस्तक पु¥याउने योजना छ । पुस्तकको लागि बजेट निकासा पनि भईसकेको छ ।

भर्ना अभियान कसरी भईरहेको छ ।

हामीले गत चैत महिनादेखि नै भर्ना अभियान चलाईरहेका थियौँ । विद्यार्थीहरुको वार्षिक परीक्षा चलिरहेको थियो । त्यो बेलादेखि नै हामीले छुट्टैै टिम गठन गरेर विद्यार्थीहरुका अभिभावकहरुलाई सामुदायिक विद्यालयमा नै भर्ना गर्नको लागि हामीले योजना बनाएर अगाडि बढेका थियौँ । हाम्रो विद्यालय क्षेत्रमा पर्ने सम्पूर्ण विद्यार्थीहरुको घरआँगनमा पुगिसकेका छौँ ।
अभिभावकबाट शैक्षिक सुधारको लागि सल्लाह, सुझाव लिने काम भयो भने हाम्रो आगामी योजनाहरुको बारेमा पनि हामीले जानकारी गरायौँ । अभिभावकहरु सबै सकारात्मक हुनुहुन्छ । विद्यार्थीहरु आउने क्रम जारी नै छ ।

सामुदायिक विद्यालयमा अभिभावकको प्रतिक्रिया कस्तो पाउनु भयो ?

पछिल्लो समयमा अभिभावकहरु पनि सचेत भएको जस्तो महशुस भएको छ हामीलाई । किनभने अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई निजीबाट छुटाएर आफै भर्ना गर्न आउनुभएको छ । यो एउटा उपलब्धिको रुपमा लिएको छु ।
पहिलेको समयमा अभिभावकहरुलाई सम्झाउन गाह्रो हुन्थ्यो, हिजोआज आफै छोराछोरी लिएर आउनुहुन्छ । सायद हाम्रो विद्यालयको शैक्षिक सुधार भएर नै होला ।
सामुदायिक विद्यालयको महङ्खव पनि बुझेकोजस्तो लागेको छ । हाम्रो विद्यालयमा विद्यार्थी कभर गर्ने भनेको साविक वडा नम्बर ३ र ४, साविक लक्ष्मीपुर गाविसको डाँडागाउँ हो ।
तर त्यहाँका सबै विद्यार्थीहरु हाम्रो विद्यालयका आउने सम्भावना छैन । किनभने भौगोलिक दृष्टीले निकै टाढा छ । त्यस क्षेत्रमार्फत आउनको लागि विद्यार्थीहरुलाई कम्तीमा पनि डेढ घण्टा पैदल हिड्नुपर्छ  ।
त्यसकारण पनि हामीले भर्ना अभियानमा सबै छात्रछात्राहरुलाई समेट्न सकेका छैनौँ । अभिभावकहरु एउटा सवारी साधन बनाउनुस् भन्नु हुन्छ । हामीसँग त्यत्तिका बजेट नै छैन् । ।

विद्यालयमा प्रविधिको प्रयोग कस्तो छ ?

हामीले विद्यालयमा प्रविधि प्रयोग गरेका छौँ । प्रविधिको युग भएकाले पनि हामीले विद्यालयमा प्रविधिमार्फत शिक्षा प्रदान गरिरहेका छौँ । विद्यालमा प्रोजेक्टरमार्फत पढाइ भईरहेको छ ।
विद्यालयमा कम्प्युटर ल्याव, साईन्स ल्यावहरु छन् । ई–बुकको लागि ईलेक्ट्रोनिक प्रविधिमार्फत हामीले कक्षा सञ्चालन गरिरहेका छौँ ।
विद्यालयमा पाँचवटा एलईडि मोनिटर, नर्सरी कक्षादेखि कक्षा दुईसम्म सञ्चालनमा छ । नर्सरी कक्षाको लागि एउटा ई–बुक छ । एउटा मोवाइल स्क्यान गर्छ । मोवाईल र एलइडीको बीचमा कनेक्सन हुन्छ । त्यो कनेक्सन भईसकेपछि मोवाइलले स्क्यान गरेपछि एलईडि मोनिटरमा देखिन्छ । अडियो र भिडियो सँगै देखिन्छ । त्यहाँबाट विद्यार्थीहरुका प्रभावकारी सिकाइ हुने आशा छ ।
प्राविधिक शिक्षामा कक्षा ९ मा अहिले कक्षा ८ बाट पास भएका विद्यार्थीहरु भर्ना हुने हुन भने १२ कक्षासम्म प्राविधिक शिक्षा नै हुन्छ अर्थात् भेटेनरी शिक्षा । ९ कक्षाको लागि हामीले आवेदन खुल्ला गरेका छौँ । बैशाख मसान्त प्रवेश परीक्षा छ ।
अहिलेसम्म केही विद्यार्थीहरुले आवेदन दिएका छन् । कक्षा ८ को मौका परीक्षाको नतिजापछि विद्यार्थी भर्ना बढ्नेजस्तो देखिन्छ । त्यसको लागि ४८ वटा कोटा छन्  । १० कक्षामा ३६ जना विद्यार्थीहरु प्राविधिक शिक्षा अध्ययन गरिहेका छन् भने ३२ जना कक्षा ११ र २८ जना विद्यार्थीहरु कक्षा १२ मा अध्ययन गरिरहेका छन्

विद्यार्थी संख्या कति छन् ?

गत वर्ष छसय बढी विद्यार्थीहरु थिए । यो वर्ष ९ सयदेखि हजारका विद्यार्थीहरुको हाराहारीमा भर्ना गर्ने योजनामा छौँ । हामी त्यो योजनामा पुग्छाँै होला जस्तो लागेको छ । किन भने विद्यार्थीहरु भर्ना हुनको लागि आईरहेका छन् ।
अझ गाउँका अति विपन्न परिवारका अभिभावकहरु छोराछोरी लिएर विद्यार्थी भर्ना गर्नको लागि आउनुभएको छ । यो एकदमै खुशीको कुरा हो । हामीले कति विद्यार्थीहरुलाई निःशुल्क पढाएका छौँ भने कतिलाई दाताहरु खोजेर पनि विद्यार्थी भर्ना गरेका छौँ ।

शैक्षिक सुधार कस्तो छ ?

विद्यालयको कक्षा ८ को बाहेक अरु कक्षाको शैक्षिक सुधार राम्रो छ । कक्षा ८ मा मात्रै सन्तोषजनक नतिजा आउन सकेन् । तर हामीले शैक्षिक सुधारको रुपमा लिएका छौँ । यो नतिजाले आगामी शैक्षिक क्षेत्रमा सुधार हुनेछ भन्ने आशा लिएका विद्यालयको नतिजा ८ कक्षाको नतिजा राम्रो छैन । यसले चाहिँ सुधार होलाजस्तो छ । एसईईमा दुईजना विद्यार्थीहरुले ग्रेड ‘ए’ ल्याएका थिए । अन्य विद्यार्थीहरु डि प्लससम्म ल्याएका थिए ।

विद्यालयमा दरवन्दी अवस्था कस्तो छ ?

दरबन्दी एकदमै कमजोर छ । माध्यमिकतर्फ स्थायी दरबन्दी एउटा छ भने राहतमा एउटा छ । त्यसैगरी निम्न माध्यमिक तहमा चारवटा दरबन्दी छ भने प्राथमिकमा आठवटा स्थायी दरबन्दी र चारवटा राहत छन् ।
यो एकदमै अपुग हो । हामीले माग गरेका छौँ । त्यो अनुसार दरबन्दी आएको छैन् । विद्यालयमा जम्मा १८ वटा दरबन्दी अनुसारका शिक्षक शिक्षिका छन् । विद्यालयमा हामीले १० वटा निजी स्रोत, फेरी चारवटा निजी स्रोतबाट माग गरेका छौँ ।

दरबन्दी अनुसारको शिक्षक प्रअले नै माग गदैनन् भन्ने आरोप लाग्छ त ?

विद्यालयमा शिक्षक चाहियो भनेर हामीले पहिलेदेखि नै माग गर्दै आईरहेका छौँ । तर न त शिक्षक दरबन्दी मिलाइएको छ । न त दरबन्दी अनुसारको शिक्षक विद्यालयमा पठाइएको छ । नगर शिक्षाले यसको व्यवस्थापन नै गर्न सकेको छैन् । यदि दरबन्दी अनुसारको शिक्षक पठाउने हो भने हामीले निजी स्रोतमार्फत किन राख्नुपर्ने बाध्यता हुन्थयो र ?

आगामी योजना के छन् ?

विद्यालयको शैक्षिक र भौतिक सुधार नै हो । हामीले यो वर्षलाई शैक्षिक सुधारको रुपमा लिएका छौँ । हामीले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शैक्षिक सुधार समिति पनि गठन गरिसकेका छौँ ।
शैक्षिक सुधारको लागि हामीले जेठ महिनाभित्र योजना बनाउने छौँ । र त्यही योजना अनुसार हामी अगाडि बढ्ने छौँ । र यहाँको शैीक्षक सुधारको लागिपरेका छाँै ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here