Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

हरियो चुरा र मेहेन्दीको साउन

    साउन ०३, २०७५              सपना बोहरा

epradeshtoday

घोराही, २ साउन ।
घोराही बजारको तुलसीपुर चोकमा हरिया चुराले सजिएका ठेलाका लस्कर छन् । त्यो ठेलामा महिलाहरुको खचाखच भिडभाड पनि त्यस्तै छ । कारण हो साउन महिनामा हरिया चुरा, मेहन्दी लगाउनु पर्ने धार्मिक मान्यता ।
‘साउन महिना शुरु भयो । ‘यो महिनामा त हरिया चुरा लगाउनै प¥यो । नम्रता शर्माले हरिया चुरा छान्दै भनिन् । नम्रताले हरियो चुरासँग मिलाउनको लागि पहेंलो रङको चुरा पनि किनिन् । चुरा मात्रै होइन साउन महिनाको लागि भन्दै उनले दुबै हातको हत्केला ढाकिने गरी मेहेन्दीले हात पनि सजाइ सकेकी छन् । साउन महिनामा मात्रै लगाउने हरिया चुरा हिन्दूधर्म संस्कृतिसँग के जोडिएको छ उनलाई यो विषयमा केही पनि जानकारी छैन । तर उनले साउन स्पेशलकै रुपमा लगाएकी छन् । साउनमा सबै महिलाहरुले हरिया चुरा र मेहेन्दी लगाउँछन् त्यही सिको गरेको उनले भनिन् । हरिया चुरा र हातमा मेहेन्दी लगाउन राम्रो लाग्छ, त्यही भएर लगाउँछु’ उनले भनिन् । त्यसैगरी सर्राकी सिर्जना विकले पनि हातभरी हरियो र पहेंलो चुरा लगाएकी छन् । उनले हरिया चुरासँगै पहेंलो र रातो चुरा पनि मिलाएर अझ सुन्दर बनाएकी छन् । ‘हरियो चुरामा पहेलो र रातो चुरा मिलाउँदा आकर्षक देखिने उनले बताइन् । उनले पनि कुनै हरिया चुरा र मेहेन्दीप्रति आकर्षण भएकै कारण प्रत्येक वर्ष साउन महिनामा हरिया चुरा लगाउने गरेको बताइन् ।
साउन महिनामा मेहेन्दी र हरियो चुराको सम्बन्ध के छ, त्यो त थाहा छैन् ? नारायणपुरकी प्रमिला चन्दले भनिन् ‘तर लगाउन मनपर्छ ।’ घोराहीकी विष्णु विष्टले साउन १ गते मात्रै महेन्दी किनेर लगिन् । उनी हरियो चुरा र मेहेन्दी लगाउने योजनामा त थिइनन् तर साउन १ गते सबै महिलाको हातमा हरियो चुरा र मेहेन्दी लगाएको देखेपछि रहर लागेको उनको भनाइ छ । यतिबेला दाङका बजार हरियो चुरामय भएको छ । हरियो चुरालाई झन आकर्षक बनाउनको लागि राता, पहेंला चुराले घोराहीमा रहेका ठेला तथा पसलहरु सजिएका छन् । महिलाहरु हरिया चुरा किन्नमै व्यस्त छन् । महिलाहरुले हरियो चुरामा रातो र पहेंलो चुराहरु सहजाएर लगाउने गरेका छन् । ठेला तथा कस्मेटिक सञ्चालकहरुलाई हरियो चुरा तथा मेहन्दी बेच्न भ्याई नभ्याई छ । घोराहीको तुलसीपुर चोकमा रहेको एक ठेलामा चुरा बेचिरहेकी उर्मिला गुप्तालाई ठेलामा चुरा किन्न आउनेहरुलाई चुरा देखाउन र बेच्न भ्याई नभ्याई छ । साउन महिना शुरु हुन एक हप्ता पहिलेदेखि नै महिलाहरु चुरा किन्न आउने गरेको उर्मिलाले बताइन् । एक महिलाले तीन दर्जनसम्म चुराहरु लैजाने गरेको उनले बताइन् । अन्य पर्वको तुलनामा साउन महिना विशेषगरी हरियो चुरा बेच्ने गरेको उनको अनुभव छ ।
हरियो चुरा मात्रै बेचेर दैनिक १ हजार ५ सय रुपैयाँ आम्दानी गरेको उनले बताइन् । विगतको वर्षहरुमा पछिल्लो वर्षमा हरियो चुराको आकर्षण बढ्दै गएको उर्मिलाको भनाई छ । साधारण हरिया चुरालाई प्रति दर्जन ३० रुपैयाँदेखि बुट्टादार हरिया चुरा ३ सय रुपैयाँसम्म बेच्ने गरेको बताइन् । पछिल्लो समयमा हरियो बुट्टा भएको चुराहरुमा महिलाहरुको आकर्षण बढ्दै गएका उनको भनाइ छ । उनका अनुसार महिलाहरु साउनमा मेहेन्दीप्रति पनि आकर्षण बढ्दै गएको छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

‘हिंसाका घटना बढ्यो’

साउन २९, २०७७

हावाहुरी प्रभावितलाई सहयोग

चैत २३, २०७५

माछा खान ‘धर्ना’

मङि्सर २७, २०७७

बसन्त पञ्चमीमा बालबालिकालाई अक्षाराम्भ

माघ २८, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.