Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

रक्तदान अभिमुखीकरण

    साउन ०९, २०७७         

epradeshtoday

प्रदेश टुडे
घोराही, ९ साउन । दाङमा पछिल्लो समय रगतको माग बढ्दै गईरहेको र त्यसको अनुपातमा रक्तदानका कार्यक्रमहरू हुन नसकेपछि जिल्लामा रक्तदानका कार्यक्रमहरूको आयोजना गर्न स्थानीय सरकारहरू पनि अघि बढ्न थालेका छन् ।

जिल्लामा रगतको अभाव हुन नदिन घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले बिहीबार वडा कार्यालयमा रक्तदान सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा वडाभित्र रहेका ३६ वटा टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारीहरूको र जनप्रतिनिधिहरूको सहभागितामा नागरिकलाई रगतको महत्व, कस्तो व्यक्तिले रक्तदान गर्ने, कस्ताले नगर्ने, वर्षमा कतिपटक रक्तदान गर्ने ? लगायतका कुरामा जानकारी गराइएको थियो ।

पछिल्लो समय दाङमा रगतको माग बढ्दै गएको र त्यो अनुपातमा रक्तदानका कार्यक्रमहरू अलि कम हुँदा बेला–बेलामा जिल्लामा रगतको अभाव हुने गरेको सूचना प्राप्त गरेपछि समुदायस्तरमा पनि रगतको महत्व र रक्तदानका कार्यक्रमहरू गर्न सकिने उद्देश्यका साथ आफूहरूले रेडक्रससँग समन्वय गरेर अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष लामिछानेले सहभागीहरूलाई जानकारी दिएका थिए ।

कार्यक्रमपश्चात् साउन १६ गते नारायणपुर उपशाखासँग समन्वय गरेर रक्तदान गर्ने कार्यक्रम गर्ने कार्ययोजनासमेत तयार गरेको वडा अध्यक्ष लामिछानेले बताए ।

उक्त कार्यक्रममा रेडक्रस सोसाईटी दाङका मन्त्री प्रकाश श्रीवन्द रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने र रेडक्रस सोसाईटी नारायाणपुर उपशाखाको मिनराज शर्माले कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

साउन १६ गते रक्तदानसँगै रेडक्रस नारायणपुर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरिने भएकोले त्यस क्षेत्रका नागरिकलाई सहभागी भईदिन पनि वडा अध्यक्ष लामिछाने र नारायणपुर उपशाखाका मिनराज शर्माले सबैलाई आग्रहसमेत गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

मदिरा बिक्री वितरणमा रोक

साउन ३२, २०७७

जनशक्ति तालिम प्रक्रिया र प्रभाव

असार ३२, २०७५

ट्राफिक प्रहरीद्वारा सेवा घरलाई सहयोग

पुष १५, २०७७

टोललाई सुशासन सिकाउँदै वडा

बैशाख १५, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.