Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

शान्तिनगरमा विपद् पूर्व तयारी

    साउन २३, २०७५              प्रदेश टुडे

epradeshtoday

तुलसीपुर, २२ साउन ।
शान्तिनगर गाउँपालिकामा विपद्बाट हुनसक्ने सम्भावित क्षति कम गर्न पूर्व तयारी थालिएको छ । शान्तिनगर गाउँपालिकामा रहेका सम्पूर्ण वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन र परिचालन, विपद्ले क्षति पु¥याउन सक्ने स्थानको पहिचान र गाउँपालिकामा रहेका सम्पूर्ण निकाय तयारी अवस्थामा रहने निर्यायहरु गरेको छ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक कमानसिङ डाँगीको अध्यक्षतामा मंगलबार बसेको पूर्व तयारी बैठकले यस्तो निर्णय गरेको हो । उक्त अवसरमा तत्काल प्रत्येक वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने र आवश्यक अवस्थामा परिचालन हुने निर्णय गरेको छ । त्यस्तै तत्काल वडास्तरीय विपद् व्यवस्थापन समितिले सम्भावित विपद् हुनसक्ने स्थानहरु र त्यहाँ उपलब्ध हुनसक्ने आवश्यक जनशक्तिको एकीन गरी गाँउपालिकामा पठाउने निर्णय गरेको छ । बैठकले विगत एक हप्तादेखि परिरहेको वर्षाका कारण हुनसक्ने विपद्का घटनालाई ध्यानमा राखी गाउँपालिकाभित्र रहेका जनप्रतिनिधि, राजनीतिककर्मीहरु, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सरकारी एंव गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु तयारी अवस्थामा रहने र यो समयमा मोवाइल अफसमेत नगर्ने निर्णय गरेको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति विमल केसीले शान्तिनगर क्षेत्रमा हुनसक्ने विपद्का घटनालाई मध्यनजर गर्दे खोज तथा उद्धारका सामाग्रीहरु तयारी अवस्थामा राखेको र आवश्यक तालिम प्राप्त जनशक्तिसमेत तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

वडा कार्यालयबाटै राजस्व संकलन

साउन २९, २०७५

लकडाउनमा तस्करी

असार ०५, २०७७

विकासमा चनाखो बन्दै स्थानीय

भदौ १८, २०७५

शैक्षिकथलोमा राजनीति

असार ०६, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2760

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.