Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

तुलसीपुरमा ९५ प्रतिशत योजना सम्पन्न

    साउन २८, २०७७         

epradeshtoday

प्रदेश टुडे
तुलसीपुर, २८ साउन । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको उपमहानगरले जनाएको छ । सम्पन्न हुने योजना कुल योजनाको करिब ९५ प्रतिशत रहेको नगरले जनाएको छ । ३९ योजना आर्थिक वर्षमा सम्पन्न हुन सकेका छैनन् ।

असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि बढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । उनले कोरोनाका कारण केही योजनाको रकमान्तरण गर्नुपरे पनि त्यसको संख्या न्यून रहेको जानकारी दिए ।

योजना शाखाका प्रमुख टेकबहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा ४ सय ५७ वटा वडास्तरीय योजनाहरूमा ४ सय ४७ योजना सम्पन्न भएका छन् भने ३८ वटा बहुवर्षिय आयोजनामा ३७ वटा सम्पन्न भइरहेका छन् ।

निर्वाचन क्षेत्र नम्वर ३ को स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत १० वटा योजनामा सबै योजनाहरू सम्पन्न भएको उनले बताए । क्षेत्र नम्वर ३ ‘क’ को पनि पाँचवटा योजनामा सबै योजनाहरू सम्पन्न भएका छन् । तुलसीपुर उपमहानगरपालिका दुबै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गर्दछ ।

संघीय सरकारको सशर्त अनुदान अन्तर्गत शिक्षातर्फ दशवटा भवन निर्माणका योजनाहरू भएका छन् । ती सबै योजनाहरू सम्पन्न भएको योजना शाखाले जानकारी दिएको छ । संघीय समपूरक अन्तर्गतको एउटा योजना पनि सम्पन्न भइसकेको छ ।

उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरूमा सिंचाइतर्फ १ सय ३९, खानेपानीतर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजनाहरू रहेका छन् ।

यसैगरी संघीय सरकार विशेष अनुदान अन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपूरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन् । प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत २ वटा योजना, तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको योजना प्रमुख खड्काले जानकारी दिए ।

संघीय सरकारको कार्यक्रमअन्तर्गत ९ वटा वडामा उर्जा सोलार बत्ती जडानको काम पनि सम्पन्न भएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको एउटा योजनामा सम्पन्न भइसकेको छ भने सडक बोर्डका २ वटा योजना पूरै बाँकी रहेका छन् । उपमहानगरले आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ४५ करोड रकम नगरमा खर्च भएको छ ।

शाखा र वडासँग समीक्षा

तुलसीपुर उपमहानगर–पालिकाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक समीक्षा गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडा र ३१ वटा शाखाले एक वर्षभरीमा गरेका कार्यक्रमको समीक्षा गरेका हुन् ।

समीक्षाका क्रममा कोरोना महामारीका कारण केही योजनाहरूको रकमान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएता पनि सन्तोषजनक रूपमा सबै योजना सम्पन्न भएको जानकारी गराएका थिए ।

वडागत तहमा अधिकृत छैटौंसहित लेखा अधिकृतको समेत व्यवस्था गरिएका कारण धेरैजसो काम वडाबाटै हुने भएकाले सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । योजना सञ्चालनका लागि कतिपय स्थानमा उपभोक्ता समितिले ठेक्कासमेत दिने गरेकाले आशातित कामसमेत हुन नसकेको बाध्यता व्यक्त गरिएको थियो ।

‘पारदर्शी तरिकाले उपभोक्ता समितिको काम पनि हेर्नुपर्ने छ’ वडा सचिवहरूले गुनासो गरे । योजना सम्पन्न गर्नुभन्दा अगाडी उपभोक्ता समितिलाई अनिवार्यरूपमा तालिमको व्यवस्था गरिनुपर्ने आवश्यकता रहेको समीक्षा गरिएको थियो ।

वडामा सबै अधिकार प्रत्यायोजन गरिएकोले कर्मचारीहरूले विशेष ध्यान दिएर काम गर्नुपर्नेमा नगरप्रमुख घनश्याम पाण्डेले निर्देशन दिए । उनले व्यक्तिगत फाइदाका लागि भन्दा पनि करिअरका लागि काम गर्न अनुरोध गरेका थिए । ‘हामीले जनतालाई सन्तुष्ट बनाएर पठाउनुपर्दछ, जनताको खुसी नै हाम्रो व्यवसायिक धर्म हो’ नगरप्रमुख पाण्डेले भने ।

शाखाहरूको समीक्षा कार्यक्रममा पनि विभिन्न शाखाहरूले प्रगति विवरण पेश गरेका थिए । वर्ष दिनभरिमा गरेको कामहरूको विवरण राख्दै शाखा प्रमुखहरूले आगामी दिनमा थप जिम्मेवार भएर जाने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । स्थानीय सरकार भएका कारणले गर्दा विभिन्न ऐन र कानुन बनाएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले गरेका हुन् ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

कपुरकोटमा ३१ करोड २९ लाखको बजेट

असार २६, २०७७

बालमैत्री बनाउन आचारसंहिता

पुष २३, २०७६

माझकाँडामा पहिलो पटक गाडी

बैशाख ०१, २०७७

बाख्रा पाउँदा किसान उत्साहित

चैत ११, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3106

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.