Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

नेतृत्वमा सक्षम उमेदवार

    साउन २८, २०७६              प्रदेश टुडे

epradeshtoday

दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह गरेर जनप्रतिनिधिको ५० पद रिक्त छ  । दाङमा क्षेत्र नम्बर ३ (२) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्षको पद गरी दुई पद रिक्तमा उपनिर्वाचन हुदैछ ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको मितिसमेत तय गरिसकेको छ । मिति तोकिएसँगै दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले चुनावी गतिविधि बढाउन थालेका छन् । दलहरुले उमेरदवारको छनोटको लागि आन्तरिक तयारीमा जुटेका छन् ।

दलभित्र पनि विभिन्न आफूलाई योग्य ठान्ने उमेरदवारहरु दलभित्र लविङ थालिसकेका छन् । दलहरु पनि चुनाव जित्न सक्ने उमेदवार छनौटमा लागेका छन् । दलभित्र विभिन्न तहका नेताहरु आकांक्षी देखिए पनि दक्ष र जनताको काम गर्ने उमेदवार छनौट गर्न दलहरु आन्तरिक तयारीमा जुटेका हुन् ।

खासगरी आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा दलका नेतृत्वले हाम्रोभन्दा पनि राम्रो उमेदवार छनौट गर्नुपर्ने कार्यकर्ताले अपेक्षा गरेका छन् । दाङमा दुई पदका लागि हुने उपनिर्वाचनमा दलहरुले कस्ता उमेदवार छनौट गर्नुपर्ला ?

राम्रोभन्दा पनि हाम्रो मान्छेलाई काखी च्याप्ने विगतको परम्परा अन्त्य होला यसपटकको उपनिर्वाचनमा ? चुनावी गतिविधिलाई दलहरुले कसरी लैजादै छन् कार्यकर्तामाझ ? जस्ता कुराकानीमा आधारित आजको राउण्ड टेवल सारसंक्षेप प्रस्तुत गरेका छौं । 


शंकरप्रसाद डाँगी
सचिव
नेपाली कांग्रेस दाङ

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उमेदवार छनौट गरिसकेको छैन् । पार्टीभित्र हामीहरु आन्तरिक तयारी थालेका छौँ । अहिले नै घोषणा गर्न नमिले पनि हामीले नागरिकलाई सक्षम नेतृत्व दिनेछौँ ।

पार्टीमा प्रायजसो गरी सबैजना दक्ष र सक्षम व्यक्तित्वहरु नै अहिले आकांक्षी देखिनुभएको छ । खासगरी पार्टी नेतृत्वले जे निर्णय गर्छ हामीले त्यहि कुरा मान्छौँ । नीति र विधि अनुसार नै अबको उपनिर्वाचनमा उमेदवार छनौट हुन्छ । पक्कै पनि जनताले दिएको अमूल्य मत खेर नजाने नेतृत्व नै नेपाली कांग्रेसको उमेदवार हुनेछ ।

चुनावको मिति घोषणा गरेसँगै पार्टीभित्र विचार वहस चल्ने गरेको छ । हामीले चुनावी गतिविधि सक्रिय बनाउँदै उमेदवार छनौटको कामलाई निरन्तरता दिएका छौँ ।

पार्टीभित्र सक्षम नेतृत्व आकांक्षी धेरैजनाको भएपनि जेष्ठता, सिनियरको आधार पार्टीले एउटा निर्णय गर्ला भन्ने लाग्छ । जनताको मन जितेको नेतृत्व नै हुनुहुुन्छ । हामीले नेतृत्व हाम्रोभन्दा पनि राम्रो कसरी छनौट गर्न सकिन्छ ?

भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । कोहि कसैपनि भ्रममा नपर्न आग्रह गछौँ । हाम्रो पार्टीभित्र उमेदवार निष्पक्ष रुपमा नेतृत्व छनौट हुनेछ । पार्टी नेतृत्वले गरेका निर्णयहरु मान्दै आएका छौँ । नेतृत्वले गरेका निर्णय हामीलाई मान्य हुन्छ ।

नेतृत्वले यो कुरामा आफै बुझेको छ । चुनावी मत परिणाम हाम्रो पक्षमा पार्नुमात्र उद्देश्य नभएर जनताका समस्यालाई कसरी सुक्ष्म रुपले समाधान गर्न सकिन्छ भन्नेमा हामी चनाखो बन्नुपर्छ । चुनावमा गरेका प्रतिवद्धतासँगै नयाँ रचनात्मक काम कसरी गर्न सकिन्छ ?

भन्ने नेतृत्व छनौट नेपाली कांग्रेसले गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु म यहाँलाई । अहिलेसम्म पार्टीले निष्पक्ष ढंगले नै टिकट दिने गरेको छ र उहाँहरुले जनताका समस्या समाधान गरेका विभिन्न थुप्रै उदाहरणहरु पनि छन् ।

अर्को कुरा तपाईलाई भनिहालौँ । पार्टीमा विगतमा जे देखियो । अब आगामी दिनमा ति कुरा हुनेछैन् । उमेदवार आफूलाई छनौट नगरेपछि पार्टीको निर्णय विपरीत केही साथीहरु जानुभयो ।

जसले गर्दा पनि पार्टीले विभिन्न ठाउँमा पराजय भोग्नुपर्ने स्थिति आएको थियो । अब अहिले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा यस्तो कदापि हुनेछैन् । पार्टीभित्र गुुट, उपगुटको अन्त्य भइसकेको छ ।

यदि कोहि पनि जिम्मेवार नेतृत्वले त्यसो गर्नुभयो भनेपनि पार्टीले कडाभन्दा कडा कारवाही गर्नेछ । अहिलेको उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर छनौट हुने उमेदवारलाई जिताउन सिङ्गो पार्टीका नेता तथा कार्यकर्ता लाग्ने छौँ ।

पार्टीभित्र देखिएका तिक्तता पार्टीभित्रै छलफल र बहसको माध्यमबाट समाधान गरिनेछ । हुनसक्छ काम गर्ने क्रममा पार्टीभित्र पनि केही असन्तुष्टि देखिन सक्छ तर हामीले त्यसलाई छलफल र सल्लाह बमोजिम अघि बढ्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । पार्टीले छनौट गरेका उमेदवारलाई नेता तथा कार्यकर्ता एक भएर मत आफ्नो पक्षमा पार्ने अभियानमा सबै लाग्नेछौैँ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

तुलसीपुरमा भित्री चक्रपथको तयारी

माघ २९, २०७५

समितिको प्रतिवेदनमा राजनीतिः प्रधानमन्त्री

साउन ०८, २०७६

विपद् परेकालाई अस्थायी आवास

बैशाख २८, २०७६

राप्ती लाइफमा आरडीटी परिक्षण

असार २५, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.