Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

फलफूल वितरण

    साउन २९, २०७७         

epradeshtoday

प्रदेश टुडे
तुलसीपुर, २९ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल तुलसीपुर इकाई कार्यसमितिले फलफूल वितरण गरेको छ । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को कार्यसमितिले राप्ती प्रादेशिक अस्पतालमा फलफूल वितरण गरेको हो ।

इकाई कार्यसमिति अध्यक्ष जिवी घर्तीमगरको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका जिल्ला सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा अस्पतालमा रहेका ५५ जना बिरामीहरूलाई फलफूल, फ्रुटी र पानी वितरण गरिएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरी, तरूण दल जिल्ला अध्यक्ष टिका घर्ती, तरूण दल जिल्ला सदस्य आशाराम नेपाली, नेपाल दलित संघ जिल्ला सहसचिव खेमराज विक, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य नारायण शर्मा, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य किरण केसी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपाने लगायतले युवाहरूले सधै सकारात्मक सोंच राख्न जरूरी रहेको बताए ।

उनीहरूले हरेक लोकतान्त्रिक आन्दोलनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै युवाहरू थप सामाजिक उत्तरदायी बन्नुपर्ने बताए । अहिलेको कम्युनिष्ट सरकार भ्रष्टाचार, अनियमितताजस्ता गतिविधिहरूमा लिप्त भएको उनीहरूले आरोप लगाए । मुलुकको विकासका लागि अब युवाहरू खरो रूपमा उत्रिएर लाग्न अनुरोधसमेत गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल तरूण दल जिल्ला सचिव ध्रुव आचार्यले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

खुल्यो सवारी लाइसेन्स

साउन १४, २०७५

डेंगुरोगबाट बच्न सरसरफाई

भदौ २२, २०७६

घोराहीमा मेयर कप हुने

पुष २४, २०७७

देउखुरी सेवा समाजको साधारणसभा

माघ २९, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3106

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.