Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

टेलिफोनमा ‘लोडसेडिङ’

    भदौ ०३, २०७६              इन्द्र बुढाथोकी

epradeshtoday

सल्यान, ३ भदौ । सल्यानमा केह िसमय यता टेलिफोनमा पनि लोडसेडिङ हुन सुरु भएको छ । विगत लामो समयदेखि विद्युत र खानेपानीका धारामा हुँदै आएको लोडसेडिङ अब टेलिफोनसम्म पुगेको हो । बल्ल–बल्ल पाएको फोन सेवामा पनि लोडसेडिङ हुन थालेपछि जिल्लाका नागरिकहरु प्रत्यक्षरुपमा मारमा परेका छन् ।

विकासका पूवार्धारमध्ये महत्वपूर्ण मानिने सञ्चार क्षेत्रमा समेत लोडसेडिङ हुन थालेपछि अहिले सल्यान जिल्ला सञ्चारविहीन बनेको छ । विद्युत र खानेपानीजस्तै टेलिफोन सेवामा पनि दैनिक १४ घण्टा लोडसेडिङ हुन थालेपछि जिल्लाको सल्लीबजारसहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउँपालिकासहितका स्थानमा अहिले फोनको लोडसेडिङ भइरहेको छ ।

टेलिफोनको पहुँचभन्दा बाहिर रहेको सल्यानको पश्चिमी क्षेत्रमा अहिले लोडसेडिङले सताएको छ । टेलिफोनमा लोडसेडिङ भएपछि नागरिक सञ्चारको सुविधाबाट वञ्चित भएका छन् ।

जिल्लाको बनगाड नगरपालिका वडा नं ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र टेलिफोन सेवा सुचारु हुने गरेको छ । भने बाँकी अन्य समयमा त्यस भेगका नागरिकहरु सञ्चार लोडसेडिङमा बस्न बाध्य भएका छन् ।

चर्को घाम लागेको समयमा सञ्चार प्रवाह हुने तर बादल लागेको समयमा सञ्चारमा लोडसेडिङ हुने भएपछि यहाँका स्थानीयहरु रातको समयमा सञ्चारको पहुँचबाट टाढा रहनुपर्ने समस्या वर्षौ हुँदा पनि समाधान हुन सकेको छैन ।

ब्विकासका पूवार्धारमध्ये महत्वपूर्ण मानिने सञ्चार क्षेत्रमा समेत लोडसेडिङ हुन थालेपछि अहिले सल्यान जिल्ला सञ्चारविहीन बनेको छ ।

गत वर्ष २०६६ सालमा निर्माण गरिएको उक्त टेलिफोनको टावरमा नयाँ प्रविधि जडान नगरी सोलारकै भरमा काम चलाउँदा समय–समयमा नागरिकहरु सञ्चारविहीह हुँदै आएको स्थानीयहरुको गुनासो रहेको छ ।

६५ वाटका करिब ३६ वटा सोलारद्वारा सञ्चालन भएको उक्त टावरले वर्षमा ६ महिनासम्म निरन्तर काम गर्ने र बाँकी ६ महिना दैनिक १०÷१२ घण्टासम्म काम गर्ने गरेको टावर सञ्चालन शेर बहादुर पुनले जानकारी दिए ।

‘२४ घण्टा टेलिफोन टावर सञ्चालन गर्नका लागि विभिन्न कदमहरु चलाएको छु’ उनले भने ‘पटक–पटक नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गर्दासमेत कुनै निकायले चासो नदिएपछि लोडसेडिङ गर्नुपर्ने बाध्यता आएको हो ।

उनले केन्द्रीय कार्यालयमा पटक–पटक समस्या सुनाउँदासमेत सम्बन्धित निकायले कुनै चासो नदिदा समस्या यसै अल्झिएर रहेको बताए ।

यसरी दैनिक १४ घण्टा सञ्चारमा लोडसेडिङ हुँदा एक ठाउँबाट अर्को ठाउँमा सूचना आदानप्रदान गर्न निकै समस्या परेको स्थानीय कमल बुढा मगरको भनाई छ । उनले टेलिफोनमा समेत लोडसेडिङ हुदाँ इन्टरनेट चलाउनसमेत निकै अप्ठ्यारो भएको गुनासो गरे ।

बनगाड नगरपालिका ५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नगरपालिका–११ माझकाँडामा रहेको टावर, सुर्खेतको सिम्ता काप्रिचौरमा रहेको नेपाल टेलिकमको जिएसएम, गुमिचुलीमा रहेको स्काई टावर र सल्यान तारुपरे डाँडामा रहेको स्काइ टावरमा समेत समस्या आएको छ ।

सबै टावरहरु सोलार प्यानलको चार्जबाट सञ्चालन हुने भएकाले पर्याप्त मात्रामा ब्याट्री व्याकअप नहुँदा थप समस्या निम्तिएको टेलिकम कार्यालय सल्यानले बताएको छ ।

वर्षातको समयमा बादल लाग्दा सोलार ब्याट्रीमा चार्ज कम हुने भएकोले २४सैँ घण्टा टेलिफोन सेवा सहजरुपमा प्रदान गर्न नसकिएको नेपाल टेलिकमले जनाएको छ ।

निर्माण कार्य कछुवाको तालमा

नागरिकहरु सञ्चारको पहुँचबाट टाढा रहेको भन्दै निर्माण गर्न लागिएको जिएसएमको टावर महिनौँ भईसक्दा पनि अझै निर्माण हुन सकेको छैन ।

जिल्लाका देवस्थलमाको रातोडाँडामा जिएसएमको टावर निर्माण कार्य कछुवाको गतिमा भईरहँदा स्थानीयहरु सेवा लिने आशमा महिनौँ बिताएको बताउँछन् ।

अबको केही महिनाभित्रै उक्त टावर सुचारु भएमा बजार क्षेत्रमा केही हदसम्म सञ्चार सेवामा सहजता पाईने नागरिकहरुको भनाई छ । बजार क्षेत्रको सञ्चार पिरोलो निराकरण भए पनि ग्रामीण भेगका नागरिकहरु सँधै सञ्चारको सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था उस्तै छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

पानी व्यवस्थापनको लागि ड्यामः पोख्रेल

माघ २६, २०७६

महिला सामुदायिक केन्द्रको विरोध

जेठ १८, २०७७

कार्यालय मैत्रीपूर्ण बनाऊ

भदौ ११, २०७७

हाम्रो पहँचमा खेलकुद सप्ताह

माघ १५, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2759

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.