Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

प्रदेशको योजना स्मार्ट कृषिः मन्त्री पौडेल

    भदौ ०८, २०७५              प्रदेश टुडे

epradeshtoday

तुलसीपुर, ७ भदौ । प्रदेश नम्बर ५ की भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिको विकास र आधुनिकीरकणका लागि सरकारले स्मार्ट कृषिको अवधारणा लिएको बताएकी छन् । उनले कृषिको विकासका लागि हरेक स्थानीय तहमा स्मार्ट कृषि कार्यक्रम लागू गरिने बताइन् । प्रदेश सरकारले बजेटमा व्यवस्था गरेर स्मार्ट कृषि कार्यक्रम अगाडि बढाइसकेकाले तत्काल लागू गरिने पौडेले बताइन् । सबै स्थानीय तहमा एक ठाउँलाई नमुना स्मार्ट कृषि कार्यक्रम लागू गरिने उनले बताइन् । कृषकहरुलाई सहुलियत ब्याजमा ऋण प्रदान गर्नका लागि विभिन्न बैकसँग पहल भइरहेको बताउँदै पौडेलले कृषकहरुलाई विभिन्न सहुलियत दिएर प्रदेश सरकारले उत्पादन वृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन । तुलसीपुर उप–महानगरपालिकाले बिहीबार तुलसीपुरका गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले त्यस्तो बताएकी हुन् । मन्त्री पौडेलले खाली जग्गालाई बाँझो हुन नदिनका लागि प्रदेश सरकारले जग्गा बाँझो राख्नेसँग करारमा जग्गा लिएर किसानहरुलाई उत्पादनका लागि प्रेरित गर्ने समेत बताइन् । जमिनदारसँग जग्गा छ तर श्रम गर्ने मान्छे बेरोजगार छ यसको हामीले अन्त्य गर्न लागेका छौँ, उनले भनिन्, भारतबाट आउने विषाक्त तरकारीले नेपाली बजारलाई प्रभावित पारेको छ । काम गर्ने कृषकहरुले सहुलियतका लागि विभिन्न प्रस्तावना तयार पार्नुपर्ने वाध्यताको अन्त्य गर्ने बताइन् । कार्यक्रममा विषय प्रदेश गराउँदै तुलसीपुर उप–महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले उत्पादकत्व बढाउनका लागि उपमहानगरले कृषिलाई प्राथमिकता दिएको बताए । उनले उत्पादन बढाएर मात्रै कृषिको विकास नहुने हुँदा बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए । कृषिमा जनतालाई उत्प्रेरित गर्न नसकेको भन्दै अब उत्पादन बढाउन व्यवसायीहरु किसानहरुलाई विशेष सम्मान गरिने बताए । कार्यक्रममा पशुविज्ञ डा. सुन्दर बस्यालले छाडा चौपायाको समस्या सबैतिर भएको बताउँदै आधुनिक गौशाला निर्माण गरेर यसबाट फाइदा लिन सक्ने सुझाए । बालीविज्ञ सुमन खनालले कृषियन्त्र निर्माणमा प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको बताए । तुलसीपुरलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरेर काम गर्न सकिने बताए । उपप्रमुख माया शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञ्चार संयोजक वसन्त आचार्यले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

युवाका लागि सरकारको भावी रणनीति के ?

जेठ २१, २०७७

विद्यालयमा श्रीपञ्चमी पूजा

माघ १७, २०७६

बजारमा ठेला गुडाउन रोक

फागुन २८, २०७५

सुहागरात

जेठ ३१, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3106

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.