विद्यालयमा नेविसंघ गठन
भदौ १७, २०७५
तुलसीपुर, १७ भदौ । नेपाल विद्यार्थी संघले तुलसीपुरका विभिन्न विद्यालयहरुमा नेविसंघ गठन गर्ने काम सुरु गरेको छ । नेपाल विद्यार्थी संघले गोरखा मावि तुलसीपुरमा विमल खड्काको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै महेन्द्र मावि तुलसीपुरमा प्रेम वलीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ भने महेन्द्र माविमै प्लस टुतर्फ राधिका खड्काको अध्यक्षतामा ७१ सदस्यीय नेपाल विद्यार्थी संघ इकाई कमिटी गठन गरेको छ ।
तुलसीपुरमा रहेको मावि सेन्टरमा पलक वलीको अध्यक्षतामा ५१ सदस्यीय नेपाल विद्यार्थी संघ इकाई कमिटी गठन भएको छ । उक्त गठन कार्यक्रममा नेपाल विद्यार्थी संघ क्षेत्र नं ४ का सभापति एकराज खड्का, नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष टोप बहादुर बुढाथोकी, जिल्ला सहसचिव जितेन्द्र प्रकाश वली, कोषाध्यक्ष अरुण लहरे, सदस्य किरण केसी, प्रकाश डाँगी, आकाश भण्डारी, मदन धिताल लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघका क्षेत्रीय सदस्य विदुर गौतमले गरेका थिए ।