Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

पुनः अन्यौलमा विद्यालय शिक्षा

    असोज २७, २०७७         

epradeshtoday

सपना बोहरा
घोराही, २७ असोज । विद्यालयमा यो समयमा दोस्रो मासिक परीक्षाको तयारी हुनुपर्ने हो । शैक्षिक क्रियाकलाप नियमित भएको भए । तर अहिलेसम्म सहज रूपमा विद्यालय सञ्चालन पनि हुन सकेका छैनन् ।

कोभिड महामारीमा जनजीवन सहज बन्दै गएपनि विद्यालय भने अन्यौल नै छन् । विद्यालयमा बढी भिडभाड हुने भन्दै कोभिड फैलिन सक्ने सम्भावना देखाउदै पूर्णरूपमा सञ्चालन आउन सकेका छैन् । यो वर्षको शैक्षिक सत्रको आधा वर्ष बितिसक्दा पनि शैक्षिक क्षेत्रको विकल्पको बारेमा कुनै त्यस्तो योजना बनाइएको छैन् । केही विद्यालयका अनलाईन कक्षा सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेनन् ।

अनलाईन कक्षा प्रभावकारी नभएको भन्दै अभिभावकहरूले नै गुनासो गर्न थालेपछि सिकाइ केन्द्रको रूपमा विद्यालय सञ्चालन गर्ने भनेर स्थानीय तहरूले कार्यविधि बनाए । तर त्यो पनि परिपक्व भएन् । विद्यालयलाई शैक्षिक सिकाइ केन्द्रको रूपमा सञ्चालन गर्दै गर्दा कोभिडको जोखिम भयो भन्दै बन्द गरियो । स्थानीय तहहरूले अभिभावक र शिक्षकहरूको छलफलले शिक्षण सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेपनि एक हप्ता पनि टिकेन् ।

अहिले घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले कोभिडको जोखिम बढ्दै गएको भन्दै सिकाइ केन्द्रका क्रियाकलापहरू वन्द गरेका छन् । अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा ठोस निर्णय नहुँदा यहाँका शिक्षाका कार्यक्रमहरू अन्यौल भएका छन् ।

कहिले अनलाईन कक्षा त कहिले शिक्षण सिकाइ केन्द्रको रूपमा परिपक्व निर्णय नहुँदा अभिभावकहरूले पनि आफ्ना बालबालिका भर्ना गरेका छैनन् । शिक्षा सरोकारवाला र स्थानीय तहहरूले निर्णायक रूपमा शैक्षिक सञ्चालनको बारेमा भूमिका खेल्न सकेका छैनन् ।

‘कोभिडको महामारी कहिलेसम्म हो ? केही थाहा छैन, छोराछोरीको पढाइ के हुने हो ? त्यो बारेमा पनि अन्यौल छ’ घोराही प्रमिला शर्माले भनिन् । विद्यालय सञ्चालन हुने÷नहुने बारेमा केही निर्णय नहुँदा आफ्ना छोराछोरीको समेत भर्ना नगरेको उनले बताइन् ।

‘पहिले अनलाईन कक्षा भनियो, त्यो पनि प्रभावकारी भएन्’ उनले भनिन् ‘सिकाइ केन्द्र भनेर भर्खर सञ्चालन भएको थियो फेरी बन्द भयो, हामीले के को आधारमा भर्ना गर्ने ?’

शैक्षिक मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिदिए हुन्थ्यो भन्नेमा विद्यार्थी अजय शर्मा छन् । उनी कक्षा ६ मा अध्ययनरत छन् । यसरी शैक्षिक क्षेत्रमा अन्यौल हँुदा यो वर्ष शैक्षिक सत्र हुन्छ कि हँुदैन् भन्नेमा पनि कुनै योजना, छलफल भएको देखिदैन् ।

शिक्षण सिकाइ केन्द्रको रूपमा केही दिन मात्रै सञ्चालनमा आएका घोराहीको उपमहानगरपालिकाका विद्यालयहरू बन्द भएका छन् । घोराही उपमहानगरले कोरोना संक्रमण र जोखिम बढेको भन्दै २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गर्दै विज्ञप्ति जारी ग¥यो ।

बैठकले कक्षा ११ को परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै शिक्षा महाशाखा एवं विद्यालयहरूले भने दैनिक प्रशासनिक कार्यलाई भने निरन्तरता दिने निर्णय गरेको थियो ।

त्यस्तै बबई गाउँपालिकाले विद्यालय नखोल्ने निर्णय ग¥यो । बबई गाउँपालिकामा समुदायस्तरका केही मानिसमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय नखोन्ने निर्णय गरेको थियो ।

असोज ११ गतेबाट बबई गाउँपालिकामा सरकारी तथा निजी विद्यालय सञ्चालनमा आएका थिए । बबई गाउँपालिका वडा नम्बर ६ का स्थानीयमा कोरोना देखिएपछि त्यहाँको वडा कार्यलय पनि सिल गरिएको थियो ।

कोरोना महामारीको जोखिममा बालबालिकालाई धकेल्न नहुने निर्णय गर्दै विद्यालय नखोल्ने निर्णय गरेको बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिएका छन् । विद्यालय खोलेर विद्यार्थीबाट झन कोरोना पैmलन सक्ने हुँदा केही समय विद्यालय बन्द गर्नु नै उपयुक्त भएको गाउँपालिकाले जनाएको छ ।

एनप्याब्सन दाङका अध्यक्ष विमल गौतमले शैक्षिक क्षेत्रको प्रभावकारी रूपमा विकल्प ल्याउन सरोकारवालाहरूले चासो नदिएको बताउँछन् । कोभिडको कहर जताततै भएपनि शैक्षिक क्षेत्र सञ्चालनको लागि कुनै भूमिका नदेखिएको उनले बताए  ।

‘आधा शैक्षिक सत्रको समय गईसक्यो, त्यहि पनि गम्भीर भएर सोच्न सकियो भने केही सम्भावना छ’ उनले भने । शिक्षण सिकाइका वैकल्पिक माध्यम हुँदा पनि त्यसलाई प्रयोग गर्न चासो नदेखाइएको वताए ।

‘कोभिडको महामारीमा शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने पक्षमा हामी पनि छैनौ’ उनले भने ‘तर कोभिडको बहानामा विद्यार्थीहरूलाई अन्यौलमा राखिनु हुँदैन् ।’ अन्यौल नै अन्यौलमा हुँदा अधिकांश अभिभकावहरूले आफना बालबालिकाहरूको भर्ना नगराएको उनले बताए । स्वास्थ्य मापदण्ड अनुसार शिक्षण सिकाइ केन्द्रको रूपमा लिन सकिने उनले बताए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

अन्धोपन निवारणमा आँखा अस्पताल

पुष ११, २०७५

तीज संस्कृति कि विकृति ?

भदौ १०, २०७६

नेतामा अनुशासनहिनताका आरोप

मङि्सर २९, २०७७

आठ विद्यालयमा कक्षाकोठामा एकदिन कार्यक्रम

पुष १८, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2801

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.