Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

बाँचे अर्को साल दशैँ

    कार्तिक ०७, २०७७         

epradeshtoday

सपना बोहरा
घोराही, ७ कार्तिक । हिन्दूहरुको महान पर्व दशैँ घर अाँगनमा भित्रिएको छ । घटस्थापनको दिन राखिएको जमरा दशँैको लागि तयारी अवस्थामा छन् । हिन्दूहरुको महान पर्व दशैँ घर आँगनमा भित्रिएको छ । घटस्थापनाको दिन राखिएको जमरा दशैँको लागि तयारी अवस्थामा छन ।

सबैजना यतिबेला दशै मनाउने तयारीमा छन् । सिमेन्टले प्लाष्टर गरिएको घरहरु रंगिएका छन् भने कच्ची घरहरु रातो माटो र कमेरोले पोतिएका छन् । दशैँ मनाउने विधिहरु उहि परम्परा नै छन् । दशैँमा आवश्यक पर्ने सामग्रीहरु सबै तयारी अवस्थामा छन् । छैनन् त केवल उहि टिका अनि आशीर्वाद थाप्ने आफन्तहरु ।

अनि दशैँको दिन टिका लगाएर आशीर्वादसँगै दिने दक्षिणा स्वरुप नयाँ नोटहरु । कोभिड–१९ को कारण टाढा गएका आफन्तहरु अधिकांश फर्किएनन् । कोभिड–१९ को महामारी फैलिरेहको अवस्थामा रोजगारीको लागि गएका परदेशीहरु यो वर्ष घर फर्किएनन् ।

घरदेखि टाढाको क्षेत्रमा कर्मथलो बनाएका आफन्तहरु पनि घर आएनन् । कोभिडको संक्रमण बढिरहेको अवस्थामा सरकारले पनि जहाँ छौ त्यहि बसेर दशैँ मनाऔ भनेर अनुरोध गरिसकेको अवस्था छ । यसकारण पनि जो जहाँ छ उहि अवस्थामा नै दशैँ मनाउने तयारीमा छन् ।

घोराहीका रमेश पुरी केन्द्रीय राजधानी काठमाण्डौँमा बसेको लगभग एक दशक बित्दै छ । कुनै पनि दशँै उनी परिवारबाहेक मनाएका थिएनन् । यो पहिलो दशैँ हो उनि काठमाण्डौँमै छन् । ‘काठमाण्डौँमा कोभिडको महामारी फैलिरहेको अवस्थामा म र मेरो घरमा रहनुभएको बृद्ध बुवा आमा अनि हजुरआमालाई रिस्क मोल्न चाहिन्’ पुरीले आफ्नो परिवारलाई यो दशँैमा नआउने वारेमा जानकारी गराउदै भनेका छन् ‘यो वर्ष यस्तै भयो, कोभिडले बचायो भने अर्को साल मनाउला ।’

उनले घर परिवारका अन्य सदस्यहरुलाई पनि घरमै बसेर दशैँ मनाउन सुझाव दिन्छन् । कोभिडको भाइरस फैलिरहेको अवस्थामा निकै जोखिम भएकाले आफू घरमा आउन नसकेको बताए । त्यस्तै तुलसीपुर फूलबारीका महेश केसी दशैँमा घरमा आएर परिवारसँग दशैँ मनाउने योजनामा छन् ।

उनी मलेसियामा रोजगारीको लागि गएको पनि चार वर्ष बितिसकेको छ । दशैँको लागि भनेर सामानहरु पनि किनिसकेका थिए । परिवारमा पनि दशैँमा आउने जानकारी गराईसकेका थिए । तर विश्वभर नै कोभिड फैलिरहेको समयमा उनि नेपाल आउन सकेनन् । ‘कोभिड झनै फैलिरहयो, मलेसियामा पनि बढ्दो छ, यस कारण यो दशैँमा आउन नसक्ने जानकारी गराए भन्दै उनले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

‘भौतिक दुरी कायम गरेर कोभिडलाई जित्नु छ’ उनले भने ‘बाँचियो भने त दशैँ अर्को साल पनि मनाउन सकिन्छ ।’

कोभिडको कारण घरमा आउन नसकेका परिवारका सदस्यहरु एकअर्कालाई सामाजिक सञ्जाल फेसबुक, भाईबर, फोनमार्फत आशीर्वाद आदानप्रदान गर्ने तयारीमा छन् । पहिलेको जस्तो दशैँमा नयाँ कपडा नयाँ नोटको व्यवस्था भने गरेका छैनन् । यो वर्ष दशैँको लागि किनमेल गर्न आउनेहरुको भिड पनि त्यति छैन । न घर जानेहरुको ।

दशैँमा सामानहरु किनमेल गर्न आउनेहरुको लागि भनेर घोराहीका चोक–चोकमा प्रशस्त फलफूल लगायतका सामग्रीहरु राखिएका छन् । तर किन्नको लागि पहिलेको जस्तो उपभोक्ता छैनन् । यो पर्वमा मासुलाई विशेष प्राथमकिता दिईने हिन्दूधर्मालम्वीहरु वढी प्रचलनमा छ । मासुको भने अभाव छैन् । बजारमा अन्य खाद्य सामग्रीको पनि अभाव छैन् ।

बजार सञ्चालनमा आएपनि व्यापार छैन् । ‘सबैभन्दा बढी व्यापार हुने भनेको दशैँ र तिहार हो’ घोराहीमा किराना पसल सञ्चालन गरेका खिम वलीले भने ‘यो वर्ष आधा व्यापार पनि भएन् ।’ कोभिडको संक्रमण फैलिएसँगै व्यापार पनि नभएको बताए ।

दशैँमा एक व्यक्तिले पाँच केजीसम्म मैदा लग्ने समयमा यो वर्ष दुई केजीसम्म लगेका छन् । ‘यो वर्ष व्यापार पनि राम्रो भएन् दशैँमा टाढा रहेका परिवारका सदस्यहरु पनि नआउने भए’ उनले भने ‘कोभिड–१९ जित्याँै पहिला, बाँचे अर्को साल दशैँ मनाउला ।’

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

भ्रमण वर्ष सन् २०२० र यसभित्रका कुरा

पुष ०६, २०७६

पीडामै गरिमा पीडित

माघ १६, २०७६

तीज गीत र नृत्य प्रतियोगिता हुने

भदौ १९, २०७५

लमही क्रिकेट मैदानको निरिक्षण

चैत ११, २०७५

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5121

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4527

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3591

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3074

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2761

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2448

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2403

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.