मन्दिर व्यवस्थान समितिको साधारण सभा
कार्तिक १२, २०७५
घोराही, १२ कात्तिक । प्रगतिशील लेखक संघ नेपालको ५ नम्बर प्रदेश स्तरीय पहिलो अधिवेशन आगामी मंसिरमा हुने भएको छ । संघका जिल्ला अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा शुक्रबार घोराहीमा सम्पन्न बैठकले पहिलो अधिवेशन लमहीमा गर्ने निर्णय गरेको हो । बैठकले हलको व्यवस्थापनका लागि ५ नम्वर प्रदेश संयोजक पद्मप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ । अधिवेशनलाई सम्पन्न गर्नका लागि विभिन्न उप–समितिहरु गठन गरिएको छ । जसअनुसार नारायण योगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा नारायण योगी, रेशम विसी, डिल्लीबहादुर बस्नेत रहेका छन् ।
यस्तै शरद अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा छविलाल कोपिला, शालिकराम गौतम रहेका छन् । निम बहादुर थापाको संयोजकत्वमा अतिथि सत्कार तथा भोजन आवास उपसमिति गठन गरिएको छ । सदस्यहरुमा छविलाल कोपिला, गुरुप्रसाद कुमाल, शारदा शर्मा, दिपा धिताल रहेका छन् । अधिवेशनमा ५ नम्वर प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।