Saturday, March 23, 2024
Homeफिचरको हुन् आचार्य ?

को हुन् आचार्य ?

- Advertisement -spot_img

नेपाली काँग्रेसका तर्फबाट दाङ क्षेत्र नम्बर ३ को (२) मा उम्मेदवार बनेका केशवराज शर्मा आचार्य लामो समयदेखि राजनीतिमा सक्रिय छन् । विसं २०२९ सालबाट सक्रिय राजनैतिक थालेका आचार्यले विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनी अहिले काँग्रेसको महासमिति सदस्य हुन् ।
२०२९ सालदेखि हालसम्म निरन्तर नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय आचार्य पार्टीको जिल्ला कमिटीको सदस्य, उपसभापति र संगठन विभाग प्रमुख भई नेपाली काँगे्रस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेर जनताको बीचमा राम्रो छवि बनाउन सफल नेता हुन् ।

को हुन् विमला ?

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा प्रदेश सभा सदस्यका लागि नेकपाको तर्फबाट उम्मेदवार बनेकी विमला ओली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी धर्मपत्नी हुन् । ओली राजनीतिमा होमिएको लामो समय भएको छैन् ।
उनी श्रीमानको सवारी दुर्घटनामा निधन भएपछि मात्र राजनीतिमा सक्रिय बनेकी छन् । स्वर्गीय उत्तरकुमार ओलीको राजनीतिमा होमिदा विमला राजनीतिमा लागेकी थिइनन् तर सहयोगी थिइन । विमलाले राजनीतिक यात्रा थालेको छोटो समयमा नै नेकपाले विमलालाई उम्मेदवार बनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here