Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

घोराही १६ मा तारा विजयी

    मङि्सर १६, २०७६              प्रदेश टुडे

epradeshtoday

दाङ, १५ मंसिर । स्थानीयतहअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका ताराबहादुर डाँगीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

काँग्रेसका उम्मेदवार डाँगीले १ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १ हजार १ सय १७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिस्पर्धी केसीलाई १ सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, नेकपाबाटै असन्तुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका जगलाल थारूले ७ सय २० मत ल्याएका छन् ।

त्यस्तै संघीय समाजवादी पार्टीकी उम्मेदवार विमला पुनले ३१ मत प्राप्त गर्दा राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत प्राप्त गरेका थिए ।

वडा नम्बर १६ मा रहेको कुल ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा उक्त वडामा नेकपा एमालेका तर्फबाट लछिनप्रसाद बुढा विजयी भएका थिए । बुढाको निधन भएपछि वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

घोराहीमा विजयउत्सव

यसैबीच नेपाली काँग्रेस दाङले घोराहीमा विजय ¥याली निकालेको छ । घोराही उपमहनगरपालिका वडा नम्बर १६ को पार्टी सम्पर्क कार्यालयबाट निकालेको विजय ¥याली पार्टी कार्यालयमा आएर विजयउत्सवमा परिणत भएको थियो । विजयउत्सवमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का निर्वाचित डिसीले वडाको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार डिसीले वडाबासी र आमनागरिकको हितमा काम गर्ने बताएका थिए । पार्टीको मर्म मूल्य मान्यतालाई स्थापित गर्दै आफूलाई नागरिकको काममा सदा समर्पित गर्ने बताए ।

उनले उपनिर्वाचनमा विजय गराउन मतदाता, वडाबासी, नेपाली काँग्रेस पार्टी, पार्टीका नेता कार्यकर्ता निर्वाचनमा सहयोग पु¥याउने निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी सबैमा धन्यवाद व्यक्त गरेका थिए । विजय ¥याली घोराही बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि आफ्नो वडाका मतदाताहरूको घरमा पुगेर धन्यवाद व्यक्त गरेका थिए ।

मनपर्न सक्छ

डिभाइनका विद्यार्थीले मनाए गुरुपूर्णिमा

साउन ०१, २०७६

शारदा नगरपालिकाको चौथो नगरसभा

पुष २६, २०७५

राजमार्गका होटलको हर्कत

मङि्सर २३, २०७५

उपमहानगरले खेलाडीलाई सम्मान गर्ने

साउन ०२, २०७६

sidebar5
sidebar6
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

4393

असार २३, २०७५ | समाज

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3175

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

2074

असोज ०२, २०७६ | समाचार

...

बजेटले निरास बनाएको दाङ

1907

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

1655

साउन २१, २०७५ | समाज

...

दाङमै डिप्लोमा प्राविधिक शिक्षा

1508

असार ३२, २०७५ | समाज

...

ठडिएला त चौकमा वीरेन्द्रको सालिक ?

1503

बैशाख २२, २०७५ | समाज

...

हवाई सेवा बन्द गर्ने प्रपन्च

1443

बैशाख १७, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.