Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

कानुन कार्यान्वयनमा अनभिज्ञ

    पुष ०६, २०७६              सुशील बस्नेत

epradeshtoday

तुलसीपुर, ६ पुस । न्याय र सुरक्षा सम्बन्धी सेवा प्रदायक र समुदायबीच सार्वजनिक संवाद कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमान्तपुरमा भएको छ ।

मधेस मानवअधिकार गृह माहुरी होम कपिलवस्तुको आयोजना भिएसडी र डिएफआईडीको साझेदारीमा सञ्चालित सहज परियोजनाको न्याय र सुरक्षासम्बन्धी सेवाप्रदायक र समुदायबीच सार्वजनिक संवाद कार्यक्रम गरिएको हो ।

झण्डै ७० बढी सेवाग्राहीको सहभागितामा भएको सार्वजनिक संवाद कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक माया शर्मा, उच्च अदालत तुलसीपुरका उपसचिव मानबहादुर विष्ट,

सरकारी वकिल कार्यालय दाङका शाखा अधिकृत ढकबहादुर रावत, ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डन, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष माधव वली, वडा नम्वर ६ का वडा सदस्य युवा करारा,

वडा नम्वर १७ का वडा सदस्य लहरू चौधरी, वडा नम्वर १७ का वडा सदस्यहरू रूपा विक, जुगुनी चौधरी, शितलप्रसाद बुढा, प्रदेश नम्वर ५ प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी सहायक निरिक्षक (महिला सेल) सरस्वती थापा र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि (महिला सेल) प्रहरी जवान झरना जिसीले सेवाप्रदायक निकायको तर्फबाट नागरिकलाई जानकारी गराएका थिए ।

न्यायीक समितिका संयोजक माया आचार्यले न्यायीक समितिले गरी रहेको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए । उनले कानुनले दिएको अधिकार बाहिरका विषय पनि न्यायीक समितिमा आउन थालेको जानकारी दिए ।

उच्च अदालत तुलसीपुरका उपसचिव मानबहादुर विष्टले बन्दी प्रतिक्षीकरण रिट र निषेधाज्ञाका बारेमा जानकारी गराएका थिए । उनले फौजदारी संहिता, देवानी संहिता लगायत विषयमा जानकारी गराएका थिए ।

सरकारी वकिल कार्यालय घोराहीका शाखा अधिकृत ढकबहादुर रावतले बहुविवाह र बालविवाहका घटना दर्ताका विषयमा जानकारी गराएका थिए ।

जनप्रतिनिधिहरूले यी विषयमा प्रचलित कानुन कार्यान्वयन गर्न अझै नसकेको दावी गरे । ईलाका प्रहरी कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डनले नागरिकता, घटना दर्ता, नाता सम्बन्ध कायमलगायतका प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा चित्रा विक, मानसिंह सुनार, टिकाराम खत्री, सर्जन परियार, ज्वाला पौडेललगायतले कानुनी अड्चन र नागरिकको पहुँचका बारेमा चासो व्यक्त गरेका थिए । त्यस अवसरमा वडा अध्यक्ष माधव वली, सदस्य युवा करारा, लहरू चौधरीलगायतले नागरिकहरूको चासो र जिज्ञासाका बारेमा प्रष्टाएका थिए ।

वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य माहुरी होमकी देवा पोख्रेलले गरेका थिए भने सहजीकरण पत्रकार सुशील बस्नेतले गरेका थिए ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

मुन जाय इनले ट्रम्पलाई भेट्ने

बैशाख २२, २०७५

आवास निर्माणका लागि महायज्ञ

भदौ ०१, २०७५

चुनौती होइन, अवसरको वर्ष

साउन २२, २०७५

१३ थान भरुवा बन्दुक संकलन

बैशाख ०३, २०७६

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5125

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4532

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3593

जेठ १०, २०७५ | समाज

...

साढे आठ केजी चरेस बरामद

3107

असोज ०२, २०७६ | समाचार

...

साम्यवाद पशु चौपायामा आयो

3096

जेठ ०९, २०७६ | विचार

...

लमहीमा जेसिज सप्ताह

2802

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2456

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2424

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.