Engineer News
engineerkhabr
  • गृहपृष्ठ
  • अर्थ
  • संवाद
  • समाज
  • फिचर
  • खेलकुद
  • सम्पादकीय
  • E- Paper

विद्यालय अनुगमन कडाई गरिने

    पुष ०९, २०७६              प्रदेश टुडे

epradeshtoday

सल्यान, ९ पुस । कपुरकोटका सामुदायीक विद्यालयहरूमा अनुगमनलाई कडाई गरिने भएको छ । कोर्ष पूरा नभएको, विद्यालय क्षेत्रमा फोहर बढेको तथा व्यवस्थापनको पक्ष कमजोर भएको गुनासो बढेपछि अनुगमनलाई गाउँपालिकाले कडाई गर्ने भएको हो ।

मंगलबार पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत साझेदारी मञ्चको बैठकमा विद्यालयका समस्या पहिचान गरेर समाधान गर्दै लैजाने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको परियोजनाका जिल्ला संयोजक दिपेन्द्र शाहीले बताए ।

उनका अनुसार बैठकमा उपस्थित अभिभावकहरूले कतिपय सामुदायीक विद्यालयमा शिक्षकहरू नियमित नहुँदा कोर्ष पूरा नभएको, विद्यालयका शौचालय निकै फोहर भएको, जडान गरिएको ईन्टरनेटको दुरूपयोग भएको जस्ता गुनासो गरेका थिए ।

बैठकमा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले वडा अध्यक्षहरू, विषयगत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिदै पालिकाभित्र हुने हरेक गतीविधिहरूको निगरानी र अनुगमन गर्न आग्रह गरेका थिए ।

खासगरी अभिभावक र विद्यालय व्यवस्थापन समितिबाट विद्यालयको अनुगमन र शैक्षिक गुणस्तर वृद्धिमा पहल हुनुपर्ने बताउँदै सेनले जिम्मेवारी पूरा नगर्ने प्रधानाध्यापक तथा शिक्षकहरूलाई कारवाही गरिने चेतावनी दिए ।

अध्यक्ष सेनले हरेक वडाका जनप्रतिनिधिहरूलाई जिम्मेवारी बाँडफाँड गरिदिएर शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रको अनुगमन गर्ने व्यवस्था तत्काल मिलाउन वडा अध्यक्षहरूलाई निर्देशन गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले गाउँपालिकाको विकासमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिइन् ।

साझेदारी मञ्चको बैठकमा पारस्परिक जवाफदेहीता परियोजना र यसले हालसम्म गरेका क्रियाकलापहरूको समीक्षा गरिएको थियो । यस्तै पशु बिमाको महत्व किसानलाई बुझाउने र यो कार्यक्रमलाई छिट्टै कार्यान्वयनमा लैजाने निर्णय पनि मञ्चले गरेको छ ।

मनपर्न सक्छ

दाङका २ जनामा कोरोना संक्रमण

जेठ ०२, २०७७

लोकतन्त्र स्थापनाको १४ वर्ष

बैशाख ११, २०७७

दाङ कम्युनिष्टका संस्थापक गौतमको निधन

मङि्सर २५, २०७७

सबै जिम्मेवार बनौं

जेठ ०४, २०७७

दलभित्रको किचलो

फागुन २१, २०७६

‘मापदण्डअनुसार नै बस सञ्चालन’

साउन ०८, २०७७

sidebar5
sidebar7

सर्वाधिक पढिएको

...

उपमहानगरका गाडीमा जिपिएस ट्रयाकिङ

5118

असार २३, २०७५ | समाज

...

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

4521

बैशाख २०, २०७७ | समाचार

...

निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार समातिए

3586

जेठ १०, २०७५ | समाज

...

साम्यवाद पशु चौपायामा आयो

3093

जेठ ०९, २०७६ | विचार

...

साढे आठ केजी चरेस बरामद

3057

असोज ०२, २०७६ | समाचार

...

लमहीमा जेसिज सप्ताह

2734

कार्तिक २५, २०७६ | समाज

...

बजेटले निरास बनाएको दाङ

2446

जेठ १७, २०७५ | समाज

...

संस्कृति जोगाउन संग्राहलय

2394

साउन २१, २०७५ | समाज

सम्पर्क

Tulsipur Sub Metropolitan City- 5, Dang
Phone: 082-523460

हाम्रो बारेमा

ePradeshToday.com was launched in December,2017 at Dang, Nepal. We are totally focused on providing premium news, views and other materials to Nepalese People. We will try to raise the voice of Pradeshs for betterment of Nepalese society. If you have any further questions or concern, feel free to email us at ptodaydaily@gmail.com or info@epradeshtoday.com

समाजिक संजाल

Pradesh Today

© 2018 PradeshToday . All Rights Reserved. Powered By : Upasarga Technology.